Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बाँकेमा रासायनिक मलको चरम अभावका कारण धान उत्पादन घट्ने चिन्ता

बाँकेमा रासायनिक मलको चरम अभावका कारण धान उत्पादन घट्ने चिन्ता
A A+ A-

नेपालगन्ज। समयमा रासायनिक मल पाउन नसक्दा बाँकेका किसानहरू धान उत्पादन घट्ने चिन्तामा परेका छन्। यस वर्ष ढिला गरी वर्षा सुरु भए पनि गत वर्षको तुलनामा बढी क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको थियो। तर धानमा गाँज लाग्ने मुख्य समयमा मलको चरम अभाव भएपछि कृषकहरू समस्यामा परेका हुन्।

कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लामा धान खेती हुने ३३ हजार ५७० हेक्टर जग्गामध्ये यस वर्ष ३३ हजार ५०३ हेक्टर अर्थात् ९९.८ प्रतिशत भूभागमा रोपाइँ भएको छ। गत वर्ष ९९.५ प्रतिशत रोपाइँ भएको थियो। धान रोपिएको २० देखि २५ दिनभित्र गाँज लाग्ने समयमा र ५० दिनपछि बाला पसाउने बेलामा मल अति आवश्यक पर्ने भए पनि धेरैजसो किसानले मल पाउन सकेका छैनन्।

खजुरा रनियापुरका किसान सुल्तान खाँ र डुडुवा कम्दीका किसान नरेश यादवले विगतमा स्वदेशमा मल नपाउँदा सीमापारिबाट दुई(चार बोरा ल्याएर काम चलाउने गरेको भए पनि यस पटक नाकामा कडाइ गरिएकाले मल ल्याउन नपाएको बताए। यसले गर्दा विगतको जस्तो उत्पादन नहुने उनीहरूको गुनासो छ।

कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माले अवस्था यस्तै रहेमा जिल्लामा धान उत्पादन घट्ने निश्चित रहेको बताइन्। उनका अनुसार गत वर्ष बाँकेमा एक लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो।

यता कृषि सामग्री कम्पनी लिमिटेड बाँके शाखाका प्रमुख पुष्पराज श्रेष्ठका अनुसार माग अनुसारको रासायनिक मल प्राप्त नभएकाले आपूर्तिमा समस्या भएको हो। कम्पनीले गत आर्थिक वर्ष २०८२/०८३ मा चार हजार ८२२ मेट्रिक टन युरिया, दुई हजार ६३३ मेट्रिक टन डीएपी र २०७ मेट्रिक टन पोटास बिक्री गरेको थियो। तर चालु आर्थिक वर्ष २०८३/०८४ मा हालसम्म एक हजार १७ मेट्रिक टन युरिया, २९९.४०० मेट्रिक टन डीएपी र २७.३५० मेट्रिक टन पोटास मात्र पालिकाहरूमा पठाइएको छ, जुन किसानको मागको तुलनामा निकै कम छ।

2