Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

एमालेले बाढीप्रभावित क्षेत्रमा ‘फुड स्टेसन’ सञ्चालन गर्ने

एमालेले बाढीप्रभावित क्षेत्रमा ‘फुड स्टेसन’ सञ्चालन गर्ने
A A+ A-

काठमाडौँ। नेकपा (एमाले) ले भोटेकोशी र त्रिशूली क्षेत्रका बाढीप्रभावित नागरिकहरूलाई निःशुल्क खाना उपलब्ध गराउन स्थलगत रूपमै ‘फुड स्टेसन’ सञ्चालन गर्ने निर्णय गरेको छ।

विपद्पछिको उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गर्दै एमालेले मङ्गलबारदेखि आफ्ना नेताहरूको नेतृत्वमा राहत टोलीहरूलाई प्रभावित क्षेत्रमा परिचालन गरेको छ।

पार्टीका सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतको संयोजकत्वमा गठित ‘बाढीपीडित उद्धार, राहत तथा पुनर्स्थापना सहयोग समिति’ को कार्यविभाजनअनुसार पहिलो चरणमा नुवाकोटमा फुड स्टेसन स्थापना गर्न लागिएको छ। सोही क्रममा केन्द्रीय सल्लाहकार परिषद्का सदस्य रुपनारायण श्रेष्ठ र युथ भोलेन्टियर फोर्सका अध्यक्ष पुष्पराज श्रेष्ठको नेतृत्वमा रहेको टोली आवश्यक खाद्य सामग्री लिएर नुवाकोटतर्फ प्रस्थान गरिसकेको छ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयबाट टोलीलाई बिदाइ गर्दै संयोजक बस्नेतले स्थानीय प्रशासन, स्थानीय तह र पीडितहरूसँग प्रत्यक्ष समन्वय गरेर खाना खुवाउने तथा राहत वितरण गर्ने प्रबन्ध मिलाइएको स्पष्ट पारेका छन्। रसुवा जिल्लामा राहत एवं उद्धार कार्यको संयोजन गर्न पार्टीका केन्द्रीय सदस्य तथा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठको टोली बुधबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ। त्यसैगरी धादिङ र चितवन जिल्लाका लागि बागमती प्रदेश कमिटीका उपसचिव रमेश आचार्यको नेतृत्वमा टोली परिचालनको अन्तिम तयारी भइरहेको छ।

गत भदौ १० गतेको बाढीलगत्तैदेखि राष्ट्रिय युवा संघ, अनेरास्ववियु, युथ भोलेन्टियर फोर्स, जिफन्ट लगायतका जनसंगठनहरू र स्थानीय पार्टी कमिटीहरू प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा अहोरात्र खटिरहेको एमालेले जनाएको छ।

2