Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बाढीबाट प्रभावित नेपाल टेलिकमका ११३ साइट पुनः सञ्चालनमा

बाढीबाट प्रभावित नेपाल टेलिकमका ११३ साइट पुनः सञ्चालनमा
अ+ अ-

काठमाडौँ। नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित थप तीन वटा साइट पुनः सञ्चालनमा ल्याएको छ । आज धादिङको कल्लेरी र नुवाकोटको भद्रटार थप्रेक तथा पुसनटार साइट पुनः सञ्चालनमा आएका हुन् ।

कल्लेरी साइटबाट आदमघाट, पिपलटार, सुनौलाबजार, घुमाउने डाँडा, कल्लेरी, बेल्टार आदि स्थानका सेवाग्राही लाभान्वित हुनेछन् । भद्रटार थप्रेक साइटबाट पञ्चकन्या, थप्रेक, महाकाली, समुन्द्रादेवी, रालुकादेवी तथा पुसनटार साइटबाट पिपलटार, देवीघाट, माझीगाउँ, सिरखाली, भुवानीवेशी आदि स्थानका सेवाग्राही लाभान्वित हुनेछन् ।

यो सँगै, बाढीबाट प्रभावित नेपाल टेलिकमका १२० मध्ये ११३ साइट सञ्चालनमा आएका छन् । यसबाट पहिले उपलब्ध सबै स्थानमा नेटवर्कको पहुँच पुगेको पनि नेपाल टेलिकमले जनाएको छ । नेपाल टेलिकमले प्रभावित क्षेत्रमा आंशिक क्षमतामा सञ्चालन भएका साइटलाई समेत क्रमिक रूपमा पूर्ण क्षमतामा सञ्चालन गरिरहेको जनाएको छ ।

2