Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बाढीपीडितका लागि महागढीमाईद्वारा ४१ लाख सहयोग

बाढीपीडितका लागि महागढीमाईद्वारा ४१ लाख सहयोग
अ+ अ-

पर्सा। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित भएकाहरूका लागि बाराको महागढीमाई नगरपालिकाले रु ४१ लाख ५१ हजार आर्थिक सहयोग गर्ने भएको छ ।

रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि महागढीमाई नगरपालिकाले रु ४१ लाख ५१ हजार सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख उपेन्द्रप्रसाद यादवले जानकारी दिए । उनका अनुसार नगरपालिकाका ६० जना जनप्रतिनिधिले आफ्नो एक महिनाको सेवासुविधाबापत प्राप्त हुने रकम बाढीपीडितको राहतका लागि योगदान गर्नेछन् ।

नगरप्रमुख यादवले भने, “नगरपालिकामा कार्यरत निजामती कर्मचारीले नेपाल सरकारको निर्णयअनुसार आफ्नो तलबबाट सहयोग गर्नेछन्, त्यसमा नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट थप रु पाँच लाख उपलब्ध गराइनेछ । जनप्रतिनिधि तथा कर्मचारीको योगदान र विपद् व्यवस्थापन कोषको रकम गरी रु ४१ लाख ५१ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।”

2