Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बागलुङमा १५ किलोमिटर पदमार्ग निर्माण

बागलुङमा १५ किलोमिटर पदमार्ग निर्माण
A A+ A-

बागलुङ। बागलुङमा आर्थिक वर्ष २०८२/८३ मा १५ दशमलव पाँच किलोमिटर पदमार्ग निर्माण भएको छ।

एकीकृत सेवा कार्यालय सामाजिक विकास तथा शिक्षा शाखा प्रमुख श्यामकुमार थापाका अनुसार पदमार्ग निर्माणका लागि रु तीन करोड ३५ लाख विनियोजन भएकामा रु तीन करोड खर्च भएको छ। कार्यालयले पदमार्ग निर्माणमा ९३ प्रतिशत भौतिक प्रगति हासिल गरेको जनाएको छ।

न्यूनतम रु पाँच लाखदेखि रु १० लाखसम्मका लागतमा निर्माण भएका अधिकांश पदमार्ग धार्मिक तथा पर्यटकीय स्थल केन्द्रित छन्। सबै योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको थापाले बताउनुभयो। “प्रतिकूल भूगोल, मौसमलगायत कारण रु ३५ लाख बजेटका चार योजना कार्यान्वयन हुन सकेनन्,” थापाले भने, “पर्यटकीय पूर्वाधारको महत्त्वपूर्ण आधार पदमार्ग निर्माण भएपछि पर्यटक तथा पैदल यात्रुलाई आवतजावतमा सहज भएको छ।”

ढोरपाटनदेखि बुकी, फागुने र सुर्तिबाङ जोड्ने चक्रीय पदमार्ग भने ढोरपाटन सिकार आरक्षसँग सम्बन्धित कारणले कार्यान्वयन हुन सकेन। रु १५ लाख बजेटमा पदमार्ग विस्तार थालिए पनि योजना सम्पन्न हुन नसकेको कार्यालयले जनाएको छ। बागलुङ नगरपालिका–१ रामरेखामा ताराखोलाको ढुङ्गा छापेर ‘रेलिङ’सहित एक सय मिटर पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष मनकुमारी शर्माले जानकारी दिए। त्यस्तै, गलकोट नगरपालिका–५ हरिचौर–सिमलबोटमा २२० मिटर पर्यटकीय पदमार्ग निर्माण भएको छ।

निसीखोला गाउँपालिका–५ को धार्मिक तथा पर्यटकीय स्थल अर्नाकोट पर्यटन पदमार्ग क्रमागत रूपमा निर्माण भइरहेको छ। काठेखोला गाउँपालिका–२ को दारेगौडादेखि धौलागिरि जोड्ने पर्यटकीय पदमार्गलगायत ५७ योजना कार्यान्वयन भएका छन्।

2