Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

चङ्खेली गाउँपालिकाले जुटायो बाढी पीडितलाई राहत

चङ्खेली गाउँपालिकाले जुटायो बाढी पीडितलाई राहत
अ+ अ-

हुम्ला। भोटेकोशी बाढीबाट प्रभावित तथा विस्थापित नागरिकको राहत र पुनःस्थापनाका लागि हुम्लाको चङ्खेली गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो पारिश्रमिकबाट सहयोग गर्ने निर्णय गरेको छ।

रसुवाको टिमुरे, रसुवागढी लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको घटनाप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले विपद्मा परेका नागरिकको सहयोगका लागि यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताए।

उनका अनुसार अध्यक्ष र उपाध्यक्षको मासिक सेवा सुविधाबाट १० दिन बराबरको रकम, वडाअध्यक्षबाट सात दिन, कार्यपालिका सदस्यबाट चार दिन र वडा सदस्यबाट दुई दिन बराबरको रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको बताए।

गाउँपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीबाट सङ्घीय सरकारले तोकेको मापदण्डअनुसार तलब तथा पारिश्रमिकबाट कट्टा हुने गरी उक्त कोषमा योगदान गर्नेछन्।

चङ्खेली गाउँपालिका–१ का वीरबहादुर ऐडी, मञ्जित बुढा, दिनेश बुढा र तिल बुढा रसुवाको एक जलविद्युत् आयोजनामा काम गर्दै आएका थिए। उनीहरूलाई सरकारले उद्धार गरी शिविरमा राखेको भए पनि घर फर्कन नसकेको पाइएको छ।

उनीहरूलाई घरसम्म फर्काउन आवश्यक पर्ने गाडीभाडा तथा खाना खर्च गाउँपालिकाले व्यवस्थापन गर्ने र खाद्यान्नलगायत अन्य राहत सामग्री उपलब्ध गराउन इच्छुक सङ्घसंस्थालाई सम्बन्धित वडा कार्यालयमार्फत समन्वय गरिनेछ।

2