Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग

धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग
A A+ A-

जनकपुर। धनुषाको लक्ष्मीनिया गाउँपालिकाले करिब ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। आज गाउँ कार्यपालिकाको बसेको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख ६५ हजार ५८२ रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गाउँ कार्यपालिकाको बसेको बैठकले सो निर्णय गरेको छ।

गाउँपालिकाका अनुसार उक्त रकममध्ये गाउँपालिकाको तर्फबाट ११ लाख ११ हजार १११ रुपैयाँ, जनप्रतिनिधिको तर्फबाट ५ लाख २३ हजार ५०० रुपैयाँ, कर्मचारीको तर्फबाट ५ लाख ४६ हजार ७९९ रुपैयाँ तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको तर्फबाट ७ लाख ८४ हजार १७२ रुपैयाँ योगदान गरिएको छ।

गाउँपालिकाले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको अभूतपूर्व बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ।

गाउँपालिकाले प्रेस विज्ञप्तिमार्फत बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रभावित नागरिकको तत्काल उद्धार, सुरक्षित पुनःस्थापना तथा सहज जनजीवनका लागि शुभकामना व्यक्त गरेको जनाएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिथिलेश ठाकुरले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको मानवीय दायित्व भएको र सहानुभूतिमा मात्र सीमित नरही सहयोग, समन्वय, सहकार्य र ऐक्यबद्धताका साथ राहत तथा पुनःस्थापना अभियानमा जुट्न सबैलाई आग्रह गरेको उल्लेख छ।

गाउँपालिकाका अनुसार कर्मचारी तथा शिक्षक कर्मचारीबाट संकलित रकम उनीहरूको सेवा सुविधाबाट निश्चित दिनको तलब कट्टा गरी योगदान गरिएको हो। अधिकृतस्तरका कर्मचारीबाट सात दिन, सहायकस्तरबाट पाँच दिन र श्रेणीविहीन सहयोगीस्तरबाट दुई दिनको तलब योगदान गरिएको छ।

त्यसैगरी, माध्यमिक तहका शिक्षकबाट सात दिन, आधारभूत तहका शिक्षकबाट पाँच दिन तथा सहयोगी कार्यकर्ता र कर्मचारीबाट दुई दिनको तलब योगदान गरिएको गाउँपालिकाले जनाएको छ।

2