udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

काठमाडौँ उपत्यकामा ग्यास आपूर्ति सहज बनाउन आपत्कालीन योजना लागू

काठमाडौँ उपत्यकामा ग्यास आपूर्ति सहज बनाउन आपत्कालीन योजना लागू
A A+ A-

काठमाडौँ। अविरल वर्षा र बाढीले नागढुङ्गा-मुग्लिन सडक खण्ड क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु तथा खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रणाली गम्भीर रूपमा प्रभावित भएको छ। दैनिक करिब १ लाख २५ हजार सिलिन्डर ग्यासको माग हुने उपत्यकामा ग्यासको चरम अभाव र संकट पर्न नदिन सरकार, नेपाल आयल निगम र ग्यास उद्योगीहरूले युद्धस्तरमा आपत्कालीन कार्ययोजना अघि बढाएका छन्।

सडक अवरोधका कारण उपत्यका, काभ्रे र धादिङ क्षेत्रमा रहेका २२ मध्ये १८ वटा ग्यास उद्योगमा भारत र तराईबाट आउने ठूला ग्यास बुलेटहरू पुग्न सकेका छैनन्। आयल निगम र उद्योगीहरूले १०-१२ जना अनुभवी चालकहरूलाई गराएको स्थलगत अध्ययनका क्रममा कान्ति लोकपथ र त्रिभुवन राजपथ जस्ता वैकल्पिक मार्गहरू साँघुरो र घुम्ती धेरै भएकाले भरिएका ठूला बुलेट ल्याउन प्राविधिक रूपमा असम्भव रहेको निष्कर्ष चालकहरूले दिएका थिए। त्यसैले बुलेटलाई तराईमै अनलोड गरी उपत्यकाबाट खाली सिलिन्डरहरू १५ टन क्षमताका साना तथा मझौला ट्रकमा पठाएर ग्यास भरी राजधानी भित्र्याउन थालिएको छ।

यसैगरी उद्योगीहरूले एकापसमा प्लान्ट साटासाट गरी रिफिलिङ गर्ने ऐतिहासिक सहकार्य सुरु गरेका छन्। बनेपाका सूर्य र उग्रचण्डी ग्यास, सगरमाथा ग्यास, तथा एभरेस्ट र सुगम ग्यास जस्ता उद्योगहरूले वीरगन्ज, नवलपरासी, धनुषा र हेटौँडामा रहेका अन्य कम्पनीका प्लान्टबाट सिलिन्डर भरिरहेका छन्। ढुवानी व्यवसायीहरूले मनपरी भाडा नलिन भनी मकवानपुर जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको संयुक्त बैठकले कान्ति लोकपथ र त्रिभुवन राजपथ भएर ग्यास ओसार्न हेटौँडा सहारा ग्यासलाई आधार मानी १२ चक्के ट्रकका लागि रु. ८०,००० र अन्य रुटका लागि रु. ९८,००० सम्मको भाडादर निर्धारण गरेको छ।

नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार ग्यासको राष्ट्रिय मौज्दात पर्याप्त रहेकाले हाल घरायसी उपभोक्तालाई ग्यास वितरणमा पहिलो प्राथमिकतामा राखिएको छ भने होटल र रेस्टुरेन्ट जस्ता व्यावसायिक प्रयोगकर्ताले तराईका प्लान्टबाट आफैँ ढुवानी गर्नुपर्ने व्यवस्था गरिएको छ। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवानबहादुर चन्दका अनुसार उपत्यकाको माग धान्न दैनिक २०० ट्रक आवश्यक पर्नेमा हाल १०० देखि १५० ट्रक सडकमा उतारिसकिएको छ। संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले ढुवानी लागत बढे पनि काठमाडौँमा ग्यासको हाहाकार हुन नदिन सम्पूर्ण उद्योगीहरू एकढिक्का भएर काम गरिरहेको बताए।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action