Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सर्वोच्चबाट रोहित गुप्तालाई २ करोड धरौटीमा रिहा गर्न आदेश

सर्वोच्चबाट रोहित गुप्तालाई २ करोड धरौटीमा रिहा गर्न आदेश
A A+ A-

काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका हिमालयन रि–इन्स्योरेन्स लिमिटेडका सञ्चालक रोहित गुप्तालाई धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको संयुक्त इजलासले विशेष अदालतले गुप्तालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश बदर गर्दै दुई करोड रुपैयाँ धरौटी वा सो बराबरको बैंक जमानत लिएर तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो।

सर्वोच्चले उपलब्ध प्रमाण र प्रतिवादीको आर्थिक कसूरमा संलग्नताको तह तथा हद हेर्दा गुप्तालाई थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउनुपर्ने अवस्था नदेखिएको ठहर गरेको छ। सोही कम्पनीका अध्यक्ष शेखर गोल्छा र अर्का सञ्चालक सुभेच्छा खरेल धरौटीमा छुटेको तथ्यलाई समेत अदालतले आफ्नो आदेशमा आधार बनाएको छ।

विशेष अदालतको थुनामा राख्ने आदेशलाई सर्वोच्चले ‘बेरितको’ ठहर गर्दै बदर गरेको हो। सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०५२ को दफा ७(घ) बमोजिम गुप्तासँग दुई करोड रुपैयाँ धरौटी वा बैंक जमानत माग गरिएको छ।

अभियोगपत्रअनुसार हिमालयन रि–इन्स्योरेन्सको संस्थागत निर्णयबाट ब्रोकर कम्पनी स्टक नं. ५५, भृकुटी ब्रोकिङलाई रकम भुक्तानी गरिएको र गुप्ताले व्यक्तिगत रूपमा समेत ५२ करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको विषय मुद्दामा समेटिएको छ। गुप्ताले भने आफूले हिमालयन रि-इन्स्योरेन्सबाट राजीनामा दिइसकेको दाबी गर्दै आएका छन्।

कसूरको प्रकृति, उपलब्ध प्रमाण, संलग्नताको अवस्था तथा सोही कम्पनीका अन्य सञ्चालकसम्बन्धी यसअघि भएको आदेशलाई समेत आधार मानेर सर्वोच्चले गुप्तालाई थुनाबाहिर रहेर मुद्दाको पुर्पक्ष गर्न अनुमति दिएको हो।

2