Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

१८ ग्यास उद्योगलाई बाहिरबाट रिफिलिङ गर्ने सुविधा

१८ ग्यास उद्योगलाई बाहिरबाट रिफिलिङ गर्ने सुविधा
A A+ A-

काठमाडौं- मुग्लिन-थानकोट सडक खण्डअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन वैकल्पिक व्यवस्था गरेको छ। निगमले उपत्यका केन्द्रित ग्यास उद्योगहरूलाई उपत्यकाबाहिर रहेका ग्यास उद्योगहरूबाट सिलिन्डर रिफिलिङ गर्ने सुविधा उपलब्ध गराएको हो।

नेपाल आयल निगमका अनुसार काठमाडौं, धादिङ र काभ्रेमा मुख्य कार्यालय वा बोटलिङ प्लान्ट रहेका १८ वटा ग्यास उद्योगहरूलाई तराई तथा भित्री मधेशका विभिन्न जिल्लाहरूमा सञ्चालित उद्योगहरूबाट ग्यास भर्ने व्यवस्था मिलाइएको छ। राजमार्गमा आएको अवरोधका कारण उपत्यकाभित्र खाना पकाउने ग्यासको अभाव नहोस् भन्ने उद्देश्यले निगमले यो अस्थायी व्यवस्था लागू गरेको जनाएको छ।

नयाँ व्यवस्थाअनुसार काठमाडौंको चोभार-चल्लाखेल तथा धादिङको नौबिसेमा प्लान्ट रहेका एभरेष्ट ग्यास र सुगम ग्यासलाई मकवानपुरस्थित साहारा ग्यास उद्योगबाट रिफिलिङ गर्ने सुविधा दिइएको छ। यस्तै काभ्रेको सांगामा रहेको गौरीशंकर ग्यासलाई वीरगन्जको सुपर ग्यासबाट र धादिङको सीता श्री ग्यासलाई बाराको डुमरवानास्थित ग्यास वान नेपालबाट ग्यास भर्ने अनुमति प्रदान गरिएको छ।

त्यसैगरी बालाजुको नेपाल ग्यास र धादिङको हिमालय पेट्रोकेमिकल्सलाई जनकपुर तथा चितवनमा रहेका नेपाल ग्यास (नारायणी) र नेपाल ग्यास (गण्डकी) बाट रिफिलिङको सुविधा दिइएको छ। धादिङको थाक्रेमा रहेको मेट्रो काठमाडौं ग्यासलाई वीरगन्जको मनोज ग्यास र चितवनको खैरहनीस्थित बाबा ग्यासबाट रिफिलिङ गर्न सक्ने व्यवस्था मिलाइएको निगमले जानकारी दिएको छ।

यसैगरी काभ्रेको बनेपास्थित सगरमाथा ग्यासलाई नवलपरासीको परासीस्थित चण्डेश्वरी ग्यास, धादिङको थाक्रेको श्री ग्यासलाई चितवनको खैरहनीस्थित बाबा ग्यास, धादिङको श्रीराम ग्यासलाई गैंडाकोटस्थित जानकी ग्यास तथा धादिङको क्यावसन र काभ्रेको नालास्थित उग्रचण्डी ग्यासलाई बारास्थित लियो ग्यास उद्योगबाट रिफिलिङ गर्ने सुविधा उपलब्ध गराइएको छ।

2