झापा। झापाको कचनकवल गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २९ लाख छ हजार १०० सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेलका अनुसार गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक एवं कर्मचारीका तर्फबाट सो रकम एकमुष्ट रूपमा कोषमा दाखिला गर्न लागिएको हो।
विपद् व्यवस्थापन कोषबाट रु एक लाख, जनप्रतिनिधिका तर्फबाट रु ७१ हजार, गाउँपालिका कर्मचारीका तर्फबाट रु नौ लाख २२ हजार ५२४ र सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको रु १८ लाख १२ हजार ५६७ गरी कुल रु २९ लाख छ हजार एक सय उपलब्ध गराउने निर्णय भएको छ।
