काठमाडौँ। नेपाली बजारमा सुन र चाँदीको मूल्यमा आज (बिहिबार) उल्लेख्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ७ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ९ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा १ सय ४५ रुपैयाँले बढेर ४ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
