Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डीडीसीको लक्ष्य’

‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डीडीसीको लक्ष्य’
A A+ A-

चितवन। दुग्ध किसानको बक्यौता भुक्तानी र उत्पादनको ठूलो मात्रा मौज्दातसहित वित्तीय सङ्कटबीच लामो समयदेखि गुज्रिरहेको दुग्ध विकास संस्थान (डीडीसी) ले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य लिएको छ ।

संस्थालने दूध लिएबापतको रकम किसानलाई नियमित रुपमा भुक्तानी दिने व्यवस्था सुनिश्चित गरी दुग्ध सङ्कलन तथा दुग्धजन्य पदार्थको बिक्री केन्द्र विस्तार गरेर दैनिक एक लाख ५० हजार लिटर सङ्कलन गर्ने महत्वाकाङ्क्षी लक्ष्य लिएको हो । किसानबाट दैनिक ६५ हजार लिटर दूध खरिद गर्दै आएको संस्थानले अब थप ८५ हजार लिटर वृद्धि गर्ने लक्ष्य लिएको बताएको छ ।

संस्थानका महाप्रबन्धक डा शरणकुमार पाण्डेले नियमित भुक्तानी व्यवस्थासहित दुग्ध किसानलाई विश्वासमा लिएर उत्पादन तथा बिक्रीवितरणका दृष्टिले उपयुक्त स्थानको पहिचान गरी देशव्यापी रुपमा सञ्जाल विस्तार गरी लक्ष्य हासिल गर्ने योजना रहेको बताए ।

देशका प्रधानमन्त्रीसहित नेपाल सरकारबाट डीडीसीको बजार प्रवर्द्धनमा अमूल्य योगदान भएकामा गर्व गर्दै महाप्रबन्धक डा पाण्डेले भने, “सम्माननीय प्रधानमन्त्रीले खुलेरै डीडीसी को महत्वसहित प्रचार गर्नुभएको छ । यसबाट हामी थप उत्साहित भएका छौँ । अहिले परिस्थिति अनुकूल भएकाले स्पष्ट लक्ष्य–योजनासहित परिणाम देखिनेगरी काम गर्नुपर्ने दायित्व थपिएको छ । सरकार र आमउपभोक्ताको अपेक्षाअनुसार गुणस्तरीय उत्पादनसहित डिडिसीलाई आर्थिक रुपले सवल बनाउनेछौँ ।”

सहकारी संयन्त्रमार्फत सीमित स्थानमा मात्र दूध सङ्कलन हुँदै आएको र किसानले समयमै दूधको मूल्य नपाएको अवस्थालाई सम्बोधन गर्ने पक्षमा संस्थान रहेको स्पष्ट गर्दै पाण्डेले भने, “दूध उत्पादनका हिसाबले सम्भावना भएका स्थानमा आवश्यक पूर्वाधारको व्यवस्था गरी सङ्कलन केन्द्र विस्तार गर्नेछौँ । यसअघिको बक्यौता छिट्टै फरफारक गरी नियमित रुपमा भुक्तानीको व्यवस्था सुनिश्चित गरी किसानको विश्वास जित्नेछौँ । मात्रात्मक एवं गुणात्मक दृष्टिले दूधको सङ्कलन, उत्पादन तथा बिक्रीवितरणमा जोड दिई लक्ष्य पूरा गर्नेछौँ ।”

संस्थाले किसानको बक्यौता घटाउनुका साथै दूध सङ्कलन तथा बिक्रीदर बढेको भन्दै पछिल्ला दिनमा दुग्धजन्य वस्तुको मौज्दात घटाएको र नयाँ बजारसहित निर्यातका सम्भावना खोज्न थालेको उनले बताए । आफूले गत वैशाख १८ गते जिम्मेवारी सम्हाल्दा संस्थानसँग करिब ६०० टन धुलो दूध (मिल्क पाउडर), ५०० टन बटर र १० टन पनिर मौज्दात रहेको जानकारी दिँदै त्यसलाई बजारीकरण गरेर मौज्दात घटाइएको उनले बताए । महाप्रबन्धक डा पाण्डेले भने, “चार महिनाअघि किसानलाई करिब रु ७२ करोड भुक्तानी दिन बाँकी थियो, डीडीसीका कुनै पनि उत्पादन अन्तरराष्ट्रिय बजारमा निर्यात हुने अवस्था थिएन । तर, अहिले बक्यौता रु २० करोडमा झरेको छ र उत्पादित वस्तु विदेशमा बिक्रीवितरण भइरहेको छ, यसबाट अपेक्षा गरिएअनुसारको परिणाम दिन सकिन्छ भन्ने विश्वास लिएको छु ।”

यसैगरी, करिब ६०० धुलो दूधको मौज्दात घटेर करिब १२० टनमा झरेको, ५०० टन हाराहारीमा रहेको बटरको मौज्दात १२५ टन बाँकी रहेको र पछिल्लो तीन महिना १५ दिनभित्र संस्थानले करिब रु ७० करोड भुक्तानी गरिसकेको डा पाण्डेले जानकारी दिए ।

डीडीसीले नियमित रूपमा दूध खरिद गरिरहेकाले भुक्तानी बाँकी रहने रकमलाई क्रमशः व्यवस्थापन गर्दै लैजाने उनको भनाइ छ । आफू महाप्रबन्धक हुँदा आठ महिनाको भुक्तानी बाँकी रहेकामा अहिले दुई महिनाको मात्र बाँकी रहेको उनले जानकारी दिए । उनले भने, “अब मासिक र त्यसपछि १५ दिनमा किसानलाई भुक्तानी दिने गरी काम गर्दैछौँ ।”

संस्थानले बजार विस्तारलाई पनि प्राथमिकतामा राखेर काम गर्दै आएको छ । काठमाडौँमा यसअघि ‘डेडिकेटेड’ बिक्री काउन्टर नभएको भन्दै उनले अहिले डीडीसीका मात्रै १५ वटा डेडिकेटेड काउन्टर सञ्चालनमा ल्याइएको बताए । यसअघि दैनिक रु ५० देखि ६० लाख हाराहारीको कारोबार हुने गरेकामा अहिले करिब रु एक करोडको कारोबार हुन थालेको छ । दूध बिक्रीमा वृद्धि भएको उनले बताए ।

काठमाडौँमा दैनिक दूध बिक्री करिब ६० हजार लिटरबाट बढेर अहिले ७२ हजार लिटर पुगेको छ । त्यस्तै, दैनिक दूध सङ्कलन ५० हजार लिटर हाराहारीबाट बढेर ६५ हजार लिटर पुगेको छ ।

हाल दूध उत्पादनको तुलनामा औपचारिक बजारमा खपत कम हुने अवस्था रहेको छ । चाडपर्व तथा गर्मी मौसममा घरमै दूध, दही, खीरलगायतका परिकारमा बढी प्रयोग हुने भएकाले औपचारिक बजारमा दूधको खपत घट्ने गरेको उनको भनाइ छ ।

संस्थानले आन्तरिक बजारसँगै अन्तररारष्ट्रिय बजारमा पनि आफ्नो उपस्थिति विस्तार गर्न थालेको भन्दै उहाँले खाडी मुलुकमा घ्यू निर्यात सुरु भइसकेको बताए । हालै ५०० किलो घ्यु दुबईमा निर्यात गरिएको र वार्षिक ५० हजार किलो घ्यु निर्यात गर्ने सम्झौता भएको महाप्रबन्धक पाण्डेले जानकारी दिए ।

उनका अनुसार चिज र पेडाकोसमेत माग विदेशबाट आउन थालेको छ । दक्षिण कोरिया, मलेसिया र जापानमा डीडीसीका उत्पादन निर्यातका लागि छलफल भइरहेको पाण्डेले जानकारी दिए ।

उनले भने, “बजारको मागअनुसार नयाँ उत्पादन थप गर्ने तयारीमा हामी लागेका छौँ ।” हाल संस्थाले करिब २० प्रकारका उत्पादन गर्दै आएकामा ‘स्लाइस चिज’ लगायतका उत्पादन बजारमा ल्याउने तयारी भइरहेको छ ।

बजारमा यस्ता चिजको माग उच्च भए पनि हाल निजी क्षेत्र वा विदेशबाट आयात हुँदै आएको पाण्डेले बताए । मोफसलमा उत्पादन र बजार विस्तार गर्ने रणनीतिअन्तर्गत पोखरामा उत्पादन गर्ने गरी सम्झौताको प्रक्रिया अघि बढाइएको छ । संस्थाको मुख्य समस्या कर्मचारी सङ्ख्या बढी हुनु र दूध सङ्कलन तथा बजारबीच उचित तालमेल नहुनु रहेकाले यसलाई व्यवस्थापन गर्दै अघि बढेको उनले बताए । डिडिसीमा करिब ८०० कर्मचारीहरु छन् ।

डीडीसीमा हाल करिब रु एक अर्ब २६ करोड ऋण रहेको भन्दै उनले आगामी एक वर्ष छ महिनाभित्र ऋण तिर्ने लक्ष्यसहित काम अघि बढाएको बताए । डा पाण्डेका अनुसार पछिल्लो अवधिमा मात्रै डिडिसीले करिब रु तीन करोड ऋण तिरेको छ । खर्च नियन्त्रण र वित्तीय अनुशासनमा सुधार ल्याउँदै संस्थालाई क्रमशःआत्मनिर्भर बनाउने योजना रहेको उनको भनाइ छ ।

2