Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो

बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो
A A+ A-

काठमाडौँ। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि नेपाल आयल निगमको समन्वयमा आज विभिन्न कम्पनीका २४ हजार ५०० सिलिण्डर बाइरोडको बाटो हुँदै आज काठमाडौँ उपत्यकामा ल्याइएको छ ।

राजमार्ग अवरुद्ध भएर ग्यासका बुलेट काठमाडौँ र धादिङका बोटलिङ प्लान्टसम्म आउन नसकेपछि निगमले एलपी ग्यास उद्योगलाई तराईका उद्योगमा ग्यास सिलण्डर भरी त्रिभुवन राजपथ हुँदै काठमाडौँ ल्याउने व्यवस्था मिलाएको थियो ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले शुक्रबारदेखि नियमित रूपमा सोही बाटो हुँदै थप परिमाणमा सिलिण्डर काठमाडौँ उपत्यका ल्याइने जानकारी दिए । बाढी तथा पहिरोका कारण सडक अवरुद्ध भएपछि पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्ति प्रभावित भएका जिल्लामा वैकल्पिक मार्ग र विशेष व्यवस्थामार्फत आपूर्ति निरन्तरता दिइएको निगमले स्पष्ट पारेको छ ।

यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि ती क्षेत्रमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको बिक्रीवितरण प्रभावित हुँदै आएको थियो । यस्तै, भदौ १४ गते त्रिशूली नदीले पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा कटान गरेपछि पेट्रोलियम पदार्थ ढुवानीमा थप समस्या देखिएको थियो ।

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा खटिएका हेलिकप्टरका लागि आवश्यक हवाई इन्धन नेपाली सेनाको समन्वयमा नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट रिफ्युलिङ सेवामार्फत उपलब्ध गराइएको छ । निगमले उक्त सेवा सञ्चालनका लागि हालसम्म एक लाख दुई हजार लिटरभन्दा बढी हवाई इन्धन उपलब्ध गराइसकेको जनाएको छ ।

बाढीबाट प्रभावित क्षेत्रमा पेट्रोलियम आपूर्ति सहज बनाउन बागमती प्रदेश कार्यालयबाट प्रभावित क्षेत्रमा रहेका पेट्रोल पम्पलाई हालसम्म पेट्रोल एक लाख पाँच हजार लिटर र डिजेल दुई लाख २० हजार लिटर उपलब्ध गराइएको निगमले जनाएको छ । सार्वजनिक बिदाका दिनमा समेत पेट्रोल तथा डिजेलको बिक्री(वितरण निरन्तर हुनेछ ।

2