Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
A A+ A-

काठमाडौं। त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई जीवितै उद्धार गरिएको छ।

उद्धार गरिएका मेकानिकल इन्जिनियर सञ्जय साहले सुरुङभित्र रहेका अन्य सबै व्यक्ति सकुशल रहेको जानकारी दिएका छन्।

नेपाल विद्युत् प्राधिकरणका अनुसार सुरुङबाट उद्धार गरिएलगत्तै साहले उद्धारकर्मीलाई आफूहरूसँगै सुरुङभित्र रहेका सबैजना सुरक्षित रहेको र उद्धारको प्रतीक्षामा रहेको बताएका थिए।

उद्धार टोलीले सुरुङबाट कविर महर्जनलाई पनि जीवितै बाहिर निकालेको छ। साह र महर्जनको घटनास्थलमै खटिएको नेपाली सेनाको मेडिकल टोलीले स्वास्थ्य परीक्षण गरेको थियो। दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

सुरुङभित्र अझै रहेका व्यक्तिहरूको उद्धारका लागि टोलीले निरन्तर प्रयास गरिरहेको छ। उद्धार गरिएका व्यक्तिहरूले भित्र रहेका सबैजना सकुशल रहेको बताएपछि बाँकी व्यक्तिहरूको पनि सुरक्षित उद्धार हुने अपेक्षा बढेको छ।

उद्धार कार्यलाई तीव्र बनाउँदै सुरुङभित्र रहेका सबै व्यक्तिलाई सुरक्षित रूपमा बाहिर ल्याउन प्रयास भइरहेको छ।

2