Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

विपद् प्रभावितलाई बङ्गलादेशद्वारा १० लाख अमेरिकी डलर सहयोग

विपद् प्रभावितलाई बङ्गलादेशद्वारा १० लाख अमेरिकी डलर सहयोग
A A+ A-

काठमाडौँ। बंगलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख अमेरिकी डलर सहयोग गरेको छ ।

नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोपछि जारी राहत, पुन:स्थापना तथा मानवीय प्रयासलाई सहयोग गर्न उक्त रकम आज सहयोग गरेको हो ।

बंगलादेशका विदेश राज्यमन्त्री हुमायुन कबिरले त्यहाँका लागि नेपाली राजदूत घनश्याम भण्डारीलाई प्रधानमन्त्री तारिक रहमानले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई सम्बोधन गरी पठाएको उक्त पत्र हस्तान्तरण गर्दै सोबारे जानकारी गराएका हुन् ।

यसअघि, सेप्टेम्बर १ मा विदेश राज्यमन्त्री कबिरले ढाकास्थित नेपाली दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै भोटेकोशी बाढी विपद्प्रति समवेदना व्यक्त गरेका थिए ।

आकस्मिक बाढीपछि बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले प्रधानमन्त्री वालेन्द्र शाहलाई पठाएको सन्देशमार्फत नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता व्यक्त गर्दै पीडितप्रति समवेदना तथा सहानुभूति प्रकट गरेका थिए ।

त्यस्तै राष्ट्रपति मिर्जा फखरुल इस्लाम आलमगीरले पनि नेपालमा विपद्का कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दु:ख तथा सहानुभूति व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेलमार्फत समवेदना प्रकट गरेका थिए ।

बाढीको विपद्प्रति बंगलादेशको संसद्ले २७ अगस्टमा बसेको बैठकमा शोक प्रस्ताव पारित गर्दै बाढी पीडित तथा बेपत्ता भएका व्यक्तिहरूप्रति दु:ख र सहानुभूति व्यक्त गरेको थियो । दिवङ्गत आत्माहरूको चिरशान्तिका लागि एक मिनेट मौनधारण गरी प्रार्थना पनि गरिएको थियो । संसद्ले विपद्को प्रतिक्रियास्वरूप नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन तत्काल कदम चाल्न बंगलादेश सरकारलाई आग्रहसमेत गरेको थियो ।

साथै बङ्गलादेशका विदेशमन्त्री डा. खलिलुर रहमानले सो सम्बन्धमा २७ अगस्टमा आफ्ना नेपाली समकक्षी शिशिर खनालसँग टेलिफोन वार्ता गरेका थिए । उक्त वार्ताका क्रममा उनले आवश्यकताअनुसार नेपाललाई सम्भव सबै प्रकारको सहयोग गर्न बंगलादेश तयार रहेको आश्वासन दिँदै मानवीय सहयोग विस्तार गर्ने तरिकाबारे छलफल गरेका थिए ।

2