Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

विद्यार्थी, युवा र वैदेशिक रोजगारीबाट फर्किएकालाई वृत्ति मार्गनिर्देशन सेवा

विद्यार्थी, युवा र वैदेशिक रोजगारीबाट फर्किएकालाई वृत्ति मार्गनिर्देशन सेवा
A A+ A-

काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यार्थी, युवा, कामदार तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई लक्षित गरी ‘वृत्ति मार्गनिर्देशन सेवा’ सञ्चालन गर्ने भएको छ। शिक्षा ऐन, २०२८ को दफा १९ (क) ले दिएको अधिकार प्रयोग गरी ‘वृत्ति मार्गनिर्देशन सेवा सञ्चालन निर्देशिका, २०८३’ जारी गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सचिव चूडामणि पौडेलद्वारा प्रमाणित निर्देशिकाले विद्यालयमा कक्षा ८ वा सोभन्दा माथि अध्ययनरत विद्यार्थी, युवा, कामदार र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई लक्षित वर्गका रूपमा परिभाषित गरेको छ। उनीहरूको रुचि, खुबी, क्षमता तथा सबल पक्ष पहिचान गरी उपयुक्त वृत्ति विकल्प छनोटमा सहयोग गर्ने व्यवस्था निर्देशिकामा गरिएको छ।

निर्देशिकाअनुसार विद्यार्थी तथा युवाको क्षमता र रुचि मूल्याङ्कन गरी उपयुक्त विषय, पेसा तथा वृत्तिपथ छनोटका लागि मार्गनिर्देशन तथा परामर्श सेवा उपलब्ध गराइनेछ। त्यसका लागि साइकोमेट्रिक परीक्षणलगायतका विधि र उपकरण प्रयोग गरी ‘करिअर लेखाजोखा’ गरिने व्यवस्था छ।

साधारण शिक्षा तथा प्राविधिक एवं व्यावसायिक शिक्षा र तालिममध्ये उपयुक्त विकल्प छनोट गर्न तथ्यमा आधारित परामर्श प्रदान गर्ने, विद्यार्थी तथा युवालाई वृत्ति योजना र रोजगारी एवं उद्यमशीलतासम्बन्धी मार्गनिर्देशन दिने निर्देशिकामा उल्लेख छ।

त्यस्तै, कामको खोजीमा रहेका युवा, विद्यार्थी तथा कामदारको विवरण, सीपसम्बन्धी विवरण (प्रोफाइल) तथा शैक्षिक र तालिम संस्थाको तथ्याङ्क सङ्कलन, विश्लेषण तथा अभिलेखन गरिनेछ। श्रमबजार सूचना प्रणालीका आधारमा शैक्षिक संस्था, पेसा तथा वृत्तिसम्बन्धी जानकारीसमेत अद्यावधिक गरिने व्यवस्था छ।

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति तथा बेरोजगार युवाको सीप र क्षमताको मूल्याङ्कन गरी रोजगारी तथा स्वरोजगारीका अवसरसम्बन्धी लक्षित परामर्श उपलब्ध गराउने व्यवस्था पनि निर्देशिकामा छ।

श्रमबजारमा प्रवेशका लागि आवश्यक ‘करिअर’ व्यवस्थापन सीप, व्यक्तिगत विवरण तयारी तथा अन्तर्वार्तासम्बन्धी सीप विकासका लागि अभिमुखीकरण, तालिम र अभ्यास कार्यक्रम सञ्चालन गरिनेछ। विद्यालयदेखि श्रम बजारसम्मको सङ्क्रमण सहज बनाउन औद्योगिक अवलोकन, उद्यमशीलता विकास, व्यावसायिक योजना तयारी, इन्टनसीप तथा ‘जब स्याडोइ’ जस्ता कार्यक्रमसमेत सञ्चालन गरिने निर्देशिकामा उल्लेख छ।

वृत्ति, सीप, रोजगारी तथा जीवनपर्यन्त सिकाइसम्बन्धी सूचना तथा सामग्रीलाई डिजिटल माध्यमबाट उपलब्ध गराउने र लक्षित वर्गको पहुँच विस्तार गर्ने व्यवस्था पनि गरिएको छ। वृत्ति मार्गनिर्देशन सेवा सञ्चालनका लागि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा निर्देशक समिति रहने व्यवस्था छ।

समितिमा शिक्षा विभाग,पाठ्यक्रम विकास केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् तथा मन्त्रालयका सम्बन्धित पदाधिकारी र एक जना विज्ञ रहनेछन्। सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न शिक्षा विभागमा ‘वृत्ति मार्गनिर्देशन समन्वय एकाइ’ रहनेछ। उक्त एकाइले लक्षित वर्गको व्यक्तित्व, क्षमता र रुचिअनुसार उपयुक्त वृत्तिक्षेत्र तथा वृत्तिपथ पहिचानमा सहयोग गर्नेछ।

निर्देशिकाले निजी क्षेत्र तथा विभिन्न सङ्घसंस्थाबाट प्रदान गरिने वृत्ति मार्गनिर्देशन तथा परामर्शसम्बन्धी गतिविधिलाई सहजीकरण, व्यवस्थापन तथा नियमन गर्ने तथा सेवा प्रदायक र सेवाग्राहीबीच अनुभव आदानप्रदानका लागि आवश्यक प्लेटफर्म विकास गर्ने व्यवस्था पनि गरेको छ।

स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई समेत उनीहरूले अध्ययन गरेको विषय, रुचिको क्षेत्र, व्यक्तिगत क्षमता तथा दक्षताको मूल्याङ्कनका आधारमा रोजगारी र स्वरोजगारीका अवसर तथा सम्भावनाबारे मार्गनिर्देशन र परामर्श प्रदान गरिने निर्देशिकामा उल्लेख छ।

2