Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार
A A+ A-

मोरङ। भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित गाउँ शोकमा छ। ‘कतैबाट सकुशल फर्किएलान् कि !’ भन्ने झिनो आशा र आशङ्काबीच चलेको १० दिनको सकसपूर्ण पर्खाइ अन्ततः शुक्रबार लक्ष्मीमार्गस्थित स्थानीय घाटमा पुगेर रोकिएको छ।

खोजीकार्य जारी रहे पनि फेला नपरेपछि, हिन्दू धार्मिक परम्पराअनुसार परिवारजनले अनोजको ‘कुशको शव’ बनाएर अन्तिम संस्कार गरेका छन्। मोरङको बेलबारी वडा नं ९ ९नलबारीका० का राजेन्द्रप्रसाद धमला र आमा नैनाकला कट्टेल धमलाका कान्छा छोरा अनोज भर्खर २३ वर्ष पुग्दै थिए।

भोटेकोशीको बाढीले जिवित रहन दिएन। घरनजिकै नलबारी चोकमा पसल चलाएर परिवारको गुजारा चलाइरहेका बुबा र क्यान्सर रोगसँग लडिरहेकी आमाका लागि अनोज र उनका दाजु अनिस ठूलो आधार थिए। दाजु अनिस स्थानीय माउन्ट एभरेष्ट बोर्डिङ स्कुलमा अध्यापन गराउछन्।

स्थानीय शिव शङ्कर श्रेष्ठका अनुसार अनोज एक मेधावी र भविष्यप्रति स्पष्ट दृष्टिकोण भएका युवा थिए। कोरियाली भाषा परीक्षा उत्तीर्ण गर्न उनले इटहरीमा बसेर कडा मेहनतका साथ पढाइ गर्थे। भाषा परीक्षा उत्तीर्ण पनि भए, तर कोरियाले मागेको सङ्ख्याभन्दा पास हुने परीक्षार्थीको सङ्ख्या धेरै भएपछि उनको कोरिया जाने सपना अड्किएको थियो।

तत्कालै कोरिया जाने ढोका नखुलेपछि उनी आफ्नै मामा सोमनाथ कट्टेलको ‘सम्राट टुर एण्ड ट्राभल्स’मा काम गर्न थाले। सोही क्रममा पर्यटकीय टोलीलाई धार्मिक तथा पर्यटकीयस्थल घुमाउने क्रममा यसपटक उनी ‘मानसरोवर’ जाँदै थिए। तर मानसरोवरतर्फको यात्रामा निस्किएकै बेला रसुवा बाढीले उनीहरूलाई बडार्‍यो।

“पर्यटकलाई मानसरोवर घुमाउन लैजाने क्रममा अप्रत्याशित घटना घट्न पुग्यो”, अनोजका सानोबुबा राजन घिमिरेले भावुक हुँदै भने, “हामीले साह्रै इमानदार र क्षमतावान् छोरो गुमाउनुपर्‍यो, यसले सिङ्गो परिवार र आफन्तलाई कहिल्यै नमेटिने गहिरो चोट पुर्‍याएको छ।”

बाढीमा बेपत्ता भएका सराटनगर–७ निवासी मामा सोमनाथ कट्टेलको बुधबार नै कुशको शव बनाएर दाहसंस्कार गरिसकिएको छ भने भान्जा अनोजको भौतिक शरीर फेला नपरेपछि शुक्रबार कुशको प्रतीक बनाएर लक्ष्मीमार्गको स्थानीय घाटमा दाहसंस्कार गरिएको हो।

विपद् परेको धमला परिवारका लागि कहालीलाग्दो रह्यो। बाढीलगत्तै अनोज बेपत्ता भएको खबर आए पनि क्यान्सर पीडित आमा र वृद्ध बुबालाई त्यो आघात सहन गाह्रो हुन्छ भनेर दाजु अनिसले मन दह्रो बनाएर साँचो कुरा लुकाएका थिए। “मानसरोवर जाने क्रममा बाढी आएकाले भाइ पर्यटकसँगै चीनतर्फ प्रवेश गरिसकेको छ, उसलाई केही भएको छैन, नेटवर्क नभएर सम्पर्क मात्र नभएको हो”, भनेर अनिसले एक सातासम्म बुबाआमालाई सान्त्वना दिइरहे। तर समय बित्दै जाँदा र भाइको कुनै अत्तोपत्तो नपाउँदा परिवारको पीडा र शङ्का झन् बढेर गयो। अन्त्यमा, अनिसले आँसु थाम्न नसकेर बुबाआमालाई भाइ बाढीमा फेला नपरेको कठोर सत्य सुनाउन बाध्य बन्नुपर्‍र्यो।

दश दिनसम्म छोरा कतैबाट आउला भन्ने आशामा छटपटाएका आमाबाबुले अन्ततः कुशको प्रतीकलाई नै छोरा मानेर चित्त बुझाउनु पर्यो।

2