udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सिमकोटमा विद्युत् आपूर्ति बन्द

सिमकोटमा विद्युत् आपूर्ति बन्द
A A+ A-

हुम्ला। जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको छ।

नेपाल विद्युत् प्राधिकरणको हिल्दुम वितरण केन्द्रअन्तर्गत पावर हाउसमा समस्या भएपछि भदौ १६ गतेदेखि विद्युत् आपूर्ति बन्द भएको हो।

वितरण केन्द्रका सूचना अधिकारी कृष्णप्रसाद वलीका अनुसार पावर हाउसमा सञ्चालनमा रहेको युनिट–९ को कन्ट्रोलमा समस्या देखिएपछि विद्युत् सेवा अवरुद्ध भएको बताए।

उनका अनुसार हुम्लामा उपलब्ध प्राविधिक जनशक्तिबाट तत्काल समस्या समाधान गर्न नसकिने भएकाले आवश्यक सामग्री र थप प्राविधिक जनशक्ति आएपछि मात्र मर्मत सम्भव हुने बताए।

सामग्री र प्राविधिकको लागि खबर गरिसकेको भए पनि अहिलेसम्म आइ नपुगेकाले कहिलेसम्म मर्मत हुन्छ भन्ने कुरा यकिन नभएको बताए। उनले अर्को सूचना जारी नभएसम्म विद्युत् सेवा अवरुद्ध रहने सार्वजनिक सूचना जारी गरेको सुनाए।

विद्युत् सेवा बन्द हुँदा सरकारी तथा गैरसरकारी कार्यालय, स्वास्थ्य संस्था, बैंक तथा वित्तीय संस्था, सञ्चारमाध्यम, व्यवसायी तथा सर्वसाधारण प्रभावित भएका छन्।

केही सरकारी कार्यालयमा सोलार प्रणाली जडान भएकाले काम सञ्चालनमा केही सहज भए पनि सर्वसाधारण भने बढी प्रभावित भएका छन्।

विशेषगरी विद्यार्थी र कोठा भाडामा बस्दै आएका नागरिकले विद्युत् अभावको बढी समस्या भोगिरहेका छन्। मोबाइल चार्ज गर्न, इन्टरनेट चलाउन, अध्ययन गर्न तथा विद्युतीय उपकरण सञ्चालन गर्न समस्या भएको छ।

लामो समयसम्म विद्युत् अवरुद्ध हुँदा दैनिक कामकाज नै प्रभावित हुन थालेपछि स्थानीयले तत्काल वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति सञ्चालनमा ल्याउन माग गरेका छन्।

साथै, हुम्लामा पटक–पटक देखिने विद्युत् समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने उनीहरूको माग छ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action