Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

सुरुङभित्र उद्धारमा अब ‘फ्लाईबिलिटी’ ड्रोन, स्विट्जरल्यान्डले नेपाललाई दियो अत्याधुनिक प्रविधि

सुरुङभित्र उद्धारमा अब ‘फ्लाईबिलिटी’ ड्रोन, स्विट्जरल्यान्डले नेपाललाई दियो अत्याधुनिक प्रविधि
A A+ A-

काठमाडौँ। जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज तथा उद्धार कार्यलाई थप सुरक्षित र प्रभावकारी बनाउन स्विट्जरल्यान्डले नेपाललाई विशेष प्रकारको अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको सचिवालयको विशेष पहलमा प्राप्त उक्त ड्रोन नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएको हो।

स्विट्जरल्यान्डको चर्चित ड्रोन निर्माता कम्पनी ‘फ्लाईबिलिटी’ले निर्माण गरेको यो ड्रोन मानवीय उद्धारसँगै जोखिमपूर्ण तथा भूमिगत संरचनाको निरीक्षणका लागि प्रयोग गर्न सकिनेछ। स्विट्जरल्यान्डका मानवीय सहायता विज्ञहरूले उक्त ड्रोन नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन्।

मानिस प्रवेश गर्न कठिन हुने अँध्यारा, साँघुरा तथा जोखिमपूर्ण सुरुङभित्र खोजी, निरीक्षण तथा अवस्थाको मूल्याङ्कन गर्न सक्ने गरी ड्रोन डिजाइन गरिएको बताइएको छ। विशेष सुरक्षा घेरा जडान गरिएको ड्रोन सुरुङका भित्ता, चट्टान वा अन्य संरचनामा ठोक्किँदा पनि क्षति नपुगी पुनः उडान गर्न सक्ने क्षमताको रहेको जनाइएको छ।

ड्रोनको प्रयोगबाट सुरुङभित्रको वास्तविक अवस्था प्रत्यक्ष रूपमा पहिचान गर्न सकिनेछ। सुरुङभित्र व्यक्ति फसेको अवस्थामा उनीहरूको अवस्था बुझ्न, सम्भावित जोखिमको मूल्याङ्कन गर्न तथा उद्धारको उपयुक्त रणनीति तय गर्न यस प्रविधिले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार उद्धारकर्तालाई सुरुङभित्र प्रवेश गराउनुअघि सम्भावित जोखिम पहिचान गर्न सकिने भएकाले यसले खोज तथा उद्धार कार्यलाई थप सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।

विशेषगरी जलविद्युत् आयोजना, सुरुङमार्ग तथा अन्य भूमिगत संरचनामा दुर्घटना हुँदा उद्धारकर्तासमेत जोखिममा पर्ने अवस्था रहने भएकाले ड्रोनको प्रयोगले त्यस्ता जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने प्राधिकरणको विश्वास छ।

सुरुङभित्रको अवस्थाबारे बाहिरबाटै तत्काल जानकारी लिन सकिने भएकाले नयाँ प्रविधि कठिन परिस्थितिमा खोज तथा उद्धारका लागि उपयोगी हुने अपेक्षा गरिएको छ। जलविद्युत् आयोजना तथा अन्य भूमिगत संरचनामा दुर्घटनाका बेला खोज तथा उद्धार चुनौतीपूर्ण बन्दै गएको अवस्थामा स्विट्जरल्यान्डबाट प्राप्त अत्याधुनिक ड्रोनलाई प्रविधिको प्रयोगमार्फत उद्धार क्षमता अभिवृद्धि गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

2