udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर

भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर
A A+ A-

 भक्तपुर। भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर नगरपालिकाले नगर प्रवेश गर्ने पर्यटकहरूसँग शुल्क लिन थालेको ३२ वर्ष नाघेको हो । नगरपालिकाले पहिलो पटक आर्थिक वर्ष २०५०/५१ देखि नगर प्रवेश गर्ने पर्यटकसँग शुल्क उठाउन थालेको थियो ।

नगरपालिकाले पहिलो पटक गैरसार्क राष्ट्रका पर्यटकसँग मात्रै शुल्क उठाउन थालेको थियो । घुम्न आउने विदेशी पर्यटकसँग शुल्क उठाउन थालेको यो नै नेपालको पहिलो भएको बताइन्छ ।

यसपछि विस्तारै काठमाडौँ, ललितपुरलगायत ठाउँमा पनि घुम्न आउने विदेशी पर्यटकसँग ती नगरपालिकाहरूले प्रवेश शुल्क उठाउन थालेका थिए ।

सो अवधिमा ५२ लाख ६५ हजार २६४ विदेशी पर्यटकले भक्तपुर घुमेर गएका छन् । आर्थिक वर्ष २०८२/८३ अर्थात् २०८३ असार मसान्तसम्म यी पर्यटकले भक्तपुर भ्रमण गरेको तथ्याङ्क हो । तथ्याङ्कअनुसार चीनसहित सार्क मुलुकबाट १८ लाख ३७ हजार २१८ पर्यटकले भक्तपुर घुमेका छन् । गैरसार्क मुलुकबाट भने ३४ लाख २८ हजार ४६ पर्यटकले यो अवधिमा भक्तपुर भ्रमण गरेका छन् ।

भक्तपुरको पर्यटनमा पछिल्ला तीनदशकमा उतारचढाव देखिएको छ । विसं २०५०/५१ मा ८७ हजार ३४५, २०५१/५२ मा ९७ मा हजार ७५७, २०५२/५३ मा एक लाख १२ हजार ७४०, २०५३/५४ मा एक लाख १० हजार ८५२ र २०५४/५५ मा एक लाख ५३ हजार २३० पर्यटकले भक्तपुर घुमेर गए ।

विसं २०५५/५६ मा एक लाख ९७ हजार ८०५, २०५६/५७ मा एक लाख ९७ हजार ८८१, २०५७/०५८ मा एक लाख ८० हजार ५३, २०५८/०५९ मा ९१ हजार ८००, २०५९/०६० मा ८५ हजार १५३, २०६०/६१ मा एक लाख १९ हजार ३९, २०६१/६२ मा ८७ हजार ६०५, २०६२/६३ मा ९२ हजार ३३० र २०६३/६४ मा एक लाख २१ हजार ४३१ ले भक्तपुर घुमे ।

त्यसपछिका वर्षमा क्रमशः २०७८/७९ मा ५३ हजार ५६०, २०७९/८० मा एक लाख ६७ हजार ६५२, २०८०/८१ मा दुुई लाख ४५ हजार ५९३, २०८१/८२ मा दुुई लाख ४४ हजार ८६८ र पछिल्लो आर्थिक वर्ष २०८२/८३ मा दुई लाख २१ हजार ९७६ जना पर्यटक भक्तपुर आएका थिए । यसैले हालसम्म कुल जम्मा ५२ लाख ६५ हजार २६४ जना पर्यटक भक्तपुर भित्रिएका छन् ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action