Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत
A A+ A-

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले कर्तव्य पालनाका क्रममा भोटेकोशी बाढीमा परी ज्यान गुमाएका सशस्त्र प्रहरीका आश्रित परिवारलाई तत्काल रु २५ लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ।

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले मृतकका परिवारलाई राष्ट्रसेवकका तर्फबाट रु १५ लाख, ‘सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा निजको हकवाला/आश्रित परिवारलाई उपलब्ध गराउने राहतसम्बन्धी कार्यविधि, २०७९’ बमोजिम रु ५ लाख र ‘सशस्त्र प्रहरी बल, नेपाल विपद् प्रकोप राहत कोष सञ्चालनसम्बन्धी मापदण्ड, २०८१’ अनुसार रु ५ लाख गरी कुल रु २५ लाख उपलब्ध गराउने निर्णय गरेको हो।

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढीमा ज्यान गुमाएका कर्मचारीले कल्याण कोषबाट लिएको र भुक्तानी गर्न बाँकी सम्पूर्ण ऋणसमेत मिनाहा गरिनेछ। साथै, मृतकका सन्ततिलाई पायक पर्ने नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म अध्ययनका लागि शैक्षिक शुल्क छुट दिने निर्णय भएको छ।

भोटेकोशी बाढीका कारण सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति रु १ लाख तत्काल राहत उपलब्ध गराइने भएको छ। बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरीको स्मृतिमा स्मारक निर्माण गर्ने निर्णयसमेत गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा सशस्त्र प्रहरीका १३ जना सम्पर्कविहीन छन्। बाढीबाट ज्यान जोगाउन सफल पाँच जना सशस्त्र प्रहरीलाई जनही रु ५० हजार प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय पनि सशस्त्र प्रहरीले गरेको छ।

त्यस्तै, बाढीमा परी अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा रु १ लाख, घरबारविहीन भएमा रु १ लाख तथा आंशिक रूपमा भौतिक संरचना क्षति भएका र घाइतेलाई रु ५० हजारसम्म तत्काल राहत उपलब्ध गराइने सहप्रवक्ता थापाले जानकारी दिए।

सशस्त्र प्रहरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा महानिरीक्षकदेखि जवानसम्मका तर्फबाट रु १५ करोड ५० लाख जम्मा गर्ने निर्णयसमेत गरेको छ। टिमुरेस्थित बोर्डर आउट पोस्ट र सुरक्षा बेस मैलुङमा कार्यरत रही बाढीबाट ज्यान जोगाउन सफल सशस्त्र प्रहरीको हकमा भने उक्त रकम कट्टा नगरिने जनाइएको छ।

2