Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

कृष्णभिरमा नयाँ ट्रयाक जोडियो, एक साताभित्र पृथ्वी राजमार्ग खुल्ने

कृष्णभिरमा नयाँ ट्रयाक जोडियो, एक साताभित्र पृथ्वी राजमार्ग खुल्ने
A A+ A-

धादिङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिरमा पहिरोका कारण अवरुद्ध सडकमा नयाँ ट्रयाक जोडिएको छ। शुक्रबारदेखि दुवैतर्फबाट एक्स्काभेटर प्रयोग गरी खनिएको ट्रयाक शनिबार जोडिएको हो।

ट्रयाक जोडिएसँगै सडकलाई आवश्यक चौडाइ, उचाइ र स्तरमा ल्याउने काम सुरु गरिएको छ। सडक सम्याउने, आवश्यक मर्मत तथा ग्राभेलको काम सम्पन्न भएपछि यातायात सञ्चालनमा ल्याइने नागढुंगा–मुग्लिन सडक आयोजनाले जनाएको छ।

धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार नयाँ ट्रयाक जोडिएपछि अब सडक चौडा र सम्याउने काम गरिनेछ। त्यसपछि ग्राभेल गरेर राजमार्ग सञ्चालनमा ल्याउने तयारी छ।

उनले थप अवरोध नआए एक साताभित्र पृथ्वी राजमार्ग सहज रूपमा सञ्चालनमा आउने बताइन्। उनका अनुसार काम तीव्र गतिमा अघि बढे एक साताभन्दा अगावै पनि सडक खुल्न सक्नेछ।

‘शुक्रबारदेखि खनिएको नयाँ ट्रयाक शनिबार जोडिएको छ। अब त्यसलाई चौडा बनाउने तथा सम्याउने काम गरिन्छ। त्यसपछि ग्राभेल गरेर सडक सुचारु गर्ने हो,’ गौतमले भनिन्, ‘हामीले भएजति उपकरण र प्राविधिक सबैको अधिकतम प्रयोग गरेर राजमार्ग सञ्चालन गर्न प्रयास गरिरहेका छौँ।’

सडक सञ्चालनमा आएपछि एम्बुलेन्स, दमकल, शववाहन, खाद्यान्न र इन्धन बोकेका सवारीसाधनलाई प्राथमिकताका साथ आवतजावत गराइनेछ। सडक थप चौडा गरी ग्राभेलको काम पूरा भएपछि ठूला तथा मालवाहक सवारीसाधनलाई समेत सञ्चालन गर्न दिने तयारी छ।

‘देशकै लाइफलाइन मानिने मुख्य राजमार्ग भएकाले सकेसम्म चाँडै खुलाउन लागिपरेका छौँ,’ आयोजनाका अधिकारीले भने, ‘दीर्घकालीन समाधानका लागि हालको ट्रयाकलाई नै निरन्तरता दिने वा वैकल्पिक मार्ग खोज्ने विषयमा छलफल भइरहेको छ।’

त्रिशूली नदीमा आएको बाढीका कारण सडकको तल्लो भागबाट पहिरो खसेपछि पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो। राजमार्ग अवरुद्ध भएपछि काठमाडौं, चितवन र पोखरातर्फको आवतजावत प्रभावित भएको छ भने यात्रुले वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन्।

नयाँ ट्रयाक सञ्चालनमा आएपछि अत्यावश्यक सवारीसाधनको आवतजावत सहज हुने र क्रमशः अन्य सवारीसाधनलाई समेत सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ।

2