Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

पूर्वप्रधानन्यायाधीश श्रेष्ठद्वारा १७० बाढीपीडित परिवारलाई राहत वितरण

पूर्वप्रधानन्यायाधीश श्रेष्ठद्वारा १७० बाढीपीडित परिवारलाई राहत वितरण
A A+ A-

काठमाडौँ। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकलाई राहत सामग्री उपलब्ध गराएका छन् ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठ र उनको समूहले नुवाकोटको विदुर नगरपालिका-१० स्थित सुन्दरी केउरेनी माध्यामिक विद्यालयमा आश्रय लिइरहेका बेत्रावती, ढुङ्गे, त्रिशूली र भैँसे क्षेत्रका बाढीपीडित ७० पारिवारलाई ‘स्लिपिङ ब्याग’ (सुत्ने झोला) र ज्याकेट वितरण गरेको हो ।

त्यस्तै विदुर नगरपलिका महामण्डलमा आश्रय लिइरहेका करिब १०० परिवारलाई ज्याकेट वितरण गरिएको सो समूहका सदस्य कृष्णमान प्रधानले राससलाई जानकारी दिए ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भोटेकोशीको बाढीबाट प्रभावित त्रिशूली, बट्टार र देवीघाट क्षेत्रको स्थलगत अवलोकन गरेको थियो । त्यसक्रममा उनले कसैले कल्पना नगरेको बाढी सो क्षेत्रमा देखिएकाले यसलाई खतराका रूपमा लिएर आवश्यक पूर्वतयारी गर्नुपर्नेमा जोड दिए ।

2