Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

भालुको आतङ्कले सोलुखुम्बुका किसान हैरान

भालुको आतङ्कले सोलुखुम्बुका किसान हैरान
A A+ A-

सोलुखुम्बु। सोलुखुम्बुका हिमाली भेगमा भालुको आतङ्क बढेपछि किसानहरू आफ्नो बाली जोगाउन रातभर जाग्राम बस्न बाध्य भएका छन्। मकै पाक्ने समयमा भालुले बारीमा पसेर बाली नष्ट गर्न थालेपछि स्थानीय किसानहरू बारीमै छाप्रो बनाएर टिन बजाउँदै भालु लखेट्ने प्रयास गरिरहेका छन्। तामाखानीका कृषक कृष्णबहादुर मगरका अनुसार रातभर बारीमा नबसे भालुले सबै मकै खाइदिन्छ।

भालुको त्रासका कारण विद्यार्थीहरूको पढाइमा समेत असर परेको छ। पिके माध्यामिक विद्यालयका शिक्षक माधव धमलाका अनुसार रातभर भालु धपाउनुपर्ने बाध्यताले गर्दा विद्यार्थीहरू विद्यालयमा निदाउने र गृहकार्य नगर्ने समस्या देखिएको छ। सल्लेरी, तामाखानी, बेनी र टाक्सिन्दुलगायतका क्षेत्रमा भालुको आक्रमणबाट किसान घाइते हुने र केहीको मृत्युसमेत भएका घटनाले स्थानीयहरू त्रसित बनेका छन्। बेनीका कृषक फुर्वा शेर्पाले आफूहरू सुत्न नपाएको र भालुको डरले रातमा घरबाहिर निस्कन पनि डराउनुपर्ने अवस्था रहेको गुनासो गरे।

स्थानीय बासिन्दाका अनुसार तामाखानी क्षेत्रमा मात्र पाँचभन्दा बढी भालु सक्रिय छन्। रोशीका कृषक चक्रबहादुर बस्नेतले भालु मार्न कानुनले नदिने तर नमारे वर्षभरिको कमाइ नष्ट हुने समस्याले किसानहरू मर्कामा परेको बताए। सोलुदूधकुण्ड नगरपालिका(३ का वडा अध्यक्ष लाक्पागेलु शेर्पाले जङ्गली जनावर नियन्त्रणका लागि वडा कार्यालयमा दर्जनौँ निवेदन दर्ता भएको जानकारी दिए।

जिल्ला वन कार्यालयले जङ्गली जनावर मार्न वा क्षति पुर्‍याउन नपाइने र बाली नष्ट भएबापत क्षतिपूर्ति दिने कुनै प्रावधान नभएको जनाएको छ। यद्यपि, मानिसलाई नै क्षति पुर्‍याएमा सगरमाथा राष्ट्रिय निकुञ्जमार्फत घाइतेलाई ५० हजार र मृतकका परिवारलाई डेढ लाख रुपैयाँसम्म क्षतिपूर्ति दिने कानुनी व्यवस्था रहेको छ। किसानहरूले वैकल्पिक उपाय अपनाएर बाली संरक्षण गर्नुपर्ने कार्यालयको भनाइ छ।

2