Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

पहिरोले ३२ वटा विद्युत्का खम्बा ढालेपछि बाजुरामा विद्युत् सेवा अवरुद्ध

पहिरोले ३२ वटा विद्युत्का खम्बा ढालेपछि बाजुरामा विद्युत् सेवा अवरुद्ध
A A+ A-

बाजुरा- गएरातिको भीषण पहिरोका कारण राष्ट्रिय प्रसारण लाइनका ३२ वटा विद्युत्का खम्बा ढल्दा बाजुरा जिल्लाभर विद्युत् सेवा अवरुद्ध भएको छ। बडीमालिका नगरपालिका-८ को सुवाकाँध, वीरेखोला र नुनेपानी क्षेत्रमा खसेको पहिरोले विद्युत् आपूर्ति ठप्प पारेको हो।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बाजुराका निमित्त प्रमुख लोकराज जोशीका अनुसार सुवाकाँधमा सात र वीरेखोला क्षेत्रमा २५ वटा खम्बा ढलेका छन्। शनिबारदेखि लगातार परेको वर्षाका कारण साँफे-मार्तडी सडकखण्डका विभिन्न स्थानमा पहिरो जाँदा प्रसारण लाइनमा क्षति पुगेको हो। गएराति करिब ९:०० बजेदेखि नै जिल्लाभर विद्युत् सेवा बन्द भएको छ।

विद्युत् सेवा सुचारु गर्न प्राविधिकको टोली खटिए पनि निरन्तरको वर्षाका कारण काममा कठिनाइ भएको छ। निमित्त प्रमुख जोशीले वर्षा सुरु भएपछि प्राविधिक टोली कार्यक्षेत्रबाट फर्कनु परेको जानकारी दिए। अछामबाट मार्तडीसम्म आउने ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा क्षति पुग्दा सदरमुकाम मार्तडीसहित जिल्लाका अन्य क्षेत्रका स्थानीय अँध्यारोमा बस्न बाध्य भएका छन्। विद्युत् अवरुद्ध हुँदा दैनिक कामकाज र विद्युतीय सेवाबाट सञ्चालन हुने सम्पूर्ण गतिविधि प्रभावित बनेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार अविरल वर्षाका कारण साँफे-मार्तडी सडकखण्डसमेत ठाउँठाउँमा अवरुद्ध भएको छ। पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास गरिए पनि पुनः भारी वर्षा हुन थालेपछि काममा ढिलाइ भइरहेको छ।

2