काठमाडौँ। नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत कार्यका लागि एक करोड ५१ लाख रुपियाँ सहयोग गरेको छ।
कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले उक्त रकम बराबरको चेक अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको छ।
कम्पनीले बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै कम्पनीले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कम्पनीले आफ्ना कर्मचारी र अभिकर्ताहरूलाई उद्धार कार्यमा जुट्न आग्रह गरेको छ।
