Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

भोटेकोसी बाढी: पुनर्निर्माणका लागि नौ खर्ब लाग्ने अनुमान

भोटेकोसी बाढी: पुनर्निर्माणका लागि नौ खर्ब लाग्ने अनुमान
A A+ A-

काठमाडौँ। भोटेकोसी बाढीबाट भएको क्षति पुनर्निर्माण गर्न ८ देखि ९ खर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गठन गरेको विस्तृत क्षति मूल्यांकन समितिले यसको तयारी गरेको हो। समितिका संयोजक अर्जुन भण्डारीले सोमबार सरोकारवाला निकायसँग छलफल गरी विस्तृत विवरण सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए।

प्राधिकरणका अनुसार बाढीले निजी तथा सरकारी पूर्वाधारमा करिब ४ खर्ब रुपैयाँको क्षति पुर्‍याएको छ। समितिका एक सदस्यका अनुसार ८ देखि ९ खर्ब रुपैयाँ तत्काल पुनर्निर्माणका लागि आवश्यक पर्ने रकम हो, तर दीर्घकालीन पुनर्निर्माणको लागत अझ बढी हुन सक्छ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार सडक र पुलको पुनर्निर्माणका लागि मात्र ५० अर्ब रुपैयाँ लाग्ने अनुमान छ। बाढीले ४२ वटा पुल र ४० किलोमिटर सडकमा क्षति पुर्‍याएको छ। त्यस्तै, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहराले भवन पुनर्निर्माणका लागि १० अर्ब रुपैयाँ लाग्ने बताए। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका १५ स्थानीय तहमा गरी सात हजार ५७० सरकारी तथा निजी भवन भत्किएका छन्।

खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीले चार जिल्लाका ५५ खानेपानी आयोजनामा क्षति पुर्‍याएको छ, जसको लागत ६ करोड ४० लाख रुपैयाँ बराबर रहेको छ। समितिले अहिलेको नोक्सानी, तत्काल पुनर्निर्माण र दीर्घकालीन आवश्यकता गरी तीन चरणमा विवरण तयार पारिरहेको छ।

2