Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

साउनमा घरजग्गा कारोबार ९ प्रतिशतले बढ्दा राजस्व १७ प्रतिशतले वृद्धि

साउनमा घरजग्गा कारोबार ९ प्रतिशतले बढ्दा राजस्व १७ प्रतिशतले वृद्धि
A A+ A-

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो महिना साउनमा घरजग्गा कारोबारसँगै कित्ताकाट र यसबाट संकलन हुने राजस्वमा उल्लेख्य वृद्धि भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत वर्षको साउनको तुलनामा यस वर्ष घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्दा राजस्व संकलन १६.९२ प्रतिशतले वृद्धि भएको हो।

विभागका अनुसार गत आर्थिक वर्षको साउनमा १ लाख ४ हजार २१८ पटक घरजग्गा कारोबार भएको थियो। चालु आर्थिक वर्षको सोही महिनामा कारोबार संख्या बढेर १ लाख १४ हजार ८ पटक पुगेको छ।

त्यस्तै, गत वर्षको साउनमा ३१ हजार ६२१ पटक लिखत पारित भएकोमा चालु आर्थिक वर्षको साउनमा यस्तो संख्या बढेर ३३ हजार ९७८ पटक पुगेको छ।

कित्ताकाटमा पनि उल्लेख्य वृद्धि
घरजग्गा कारोबारसँगै जग्गाको कित्ताकाटमा पनि उल्लेख्य वृद्धि भएको छ। गत वर्षको साउनमा २० हजार ९०१ कित्ता जग्गालाई टुक्र्याएर ४२ हजार ५६३ कित्ता बनाइएको थियो। चालु आर्थिक वर्षको साउनमा भने ३० हजार ६८ कित्तालाई विभाजन गरी ६१ हजार १०२ कित्ता बनाइएको विभागको तथ्यांक छ।

यसले गत वर्षको तुलनामा कित्ताकाटको गतिविधि उल्लेख्य रूपमा बढेको देखाउँछ।

कारोबारभन्दा राजस्व वृद्धिदर उच्च
घरजग्गा कारोबारको तुलनामा त्यसबाट संकलन हुने राजस्वको वृद्धिदर भने उच्च देखिएको छ। गत आर्थिक वर्षको साउनमा घरजग्गा कारोबारबाट ३ अर्ब २८ करोड ९१ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। चालु आर्थिक वर्षको साउनमा यस्तो राजस्व बढेर ३ अर्ब ८४ करोड ५८ लाख रुपैयाँ पुगेको छ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत घरजग्गाको पूँजीगत लाभकरको दर वृद्धि गरेकाले कारोबारको तुलनामा राजस्व वृद्धि उच्च देखिएको जानकारहरूको भनाइ छ।

यसअघि ५ वर्षभन्दा कम अवधिसम्म घरजग्गा होल्ड गरी बिक्री गर्दा प्राप्त लाभमा ७.५ प्रतिशत र ५ वर्षसम्म होल्ड गरेर बिक्री गर्दा ५ प्रतिशत पूँजीगत लाभकर लाग्दै आएको थियो।

चालु आर्थिक वर्षको बजेटमार्फत ५ प्रतिशतको दरलाई बढाएर ७.५ प्रतिशत र ७.५ प्रतिशतको दरलाई १० प्रतिशत पुर्‍याइएको छ। करको दरमा भएको यही वृद्धिले घरजग्गा कारोबारको सामान्य वृद्धिभन्दा राजस्व संकलनको वृद्धिदर उच्च हुन योगदान गरेको जानकारहरू बताउँछन्।

2