Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

गोरखा नगरपालिकाले प्रधानमन्त्री राहत कोषमा ५० लाख दिने

गोरखा नगरपालिकाले प्रधानमन्त्री राहत कोषमा ५० लाख दिने
A A+ A-

गोरखा। गोरखा नगरपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि प्रधानमन्त्री राहत तथा उद्धार कोषमा ५० लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ। नगरपालिकाले उक्त विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालका अनुसार उक्त रकम जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरूको पारिश्रमिकबाट सङ्कलन गरिनेछ। नगरप्रमुखले २० हजार, उपप्रमुखले १५ हजार, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यले १० हजार र वडा सदस्यले पाँच हजार रुपियाँ सहयोग गर्नेछन्। कर्मचारीतर्फ अधिकृतस्तरकाले सात दिन, सहायकस्तरकाले पाँच दिन र अन्य कर्मचारीले दुई दिनको पारिश्रमिक उपलब्ध गराउनेछन्।

त्यस्तै, सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूले पनि आफ्नो पारिश्रमिकबाट योगदान गर्नेछन्। माध्यमिक द्वितीय तहदेखि प्राथमिक तहसम्मका विभिन्न श्रेणीका शिक्षकले सात दिनको पारिश्रमिक दिनेछन् भने विद्यालय सहायक, बालविकास सहजकर्ता र विद्यालय सहयोगीले दुई दिनको पारिश्रमिक सहयोग गर्नेछन्।

नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरका अनुसार जनप्रतिनिधि र कर्मचारीबाट ४७ लाख रुपियाँ सङ्कलन हुनेछ। बाँकी तीन लाख रुपियाँ नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट थप गरी जम्मा ५० लाख रुपियाँ प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरिनेछ। प्राकृतिक विपद्को यो घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सो सहयोग प्रदान गर्न लागिएको नगरपालिकाले जनाएको छ।

2