Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

होटल संघ नेपाल सुदूरपश्चिमको अध्यक्षमा प्रकाश भट्ट निर्विरोध

होटल संघ नेपाल सुदूरपश्चिमको अध्यक्षमा प्रकाश भट्ट निर्विरोध
A A+ A-

काठमाडाैं। होटल संघ नेपाल (हान) सुदूरपश्चिम प्रदेशको अध्यक्षमा प्रकाश भट्ट निर्विरोध निर्वाचित भएका छन्। नवनिर्वाचित अध्यक्ष भट्टले सुदूरपश्चिमको पर्यटन तथा होटल व्यवसायको विकास, प्रवर्द्धन र व्यवसायीको हकहितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

भट्टले सुदूरपश्चिममा पर्यटनका प्रशस्त सम्भावना रहेकाले त्यसलाई व्यवहारमा रूपान्तरण गर्न सरकार, निजी क्षेत्र, पर्यटन व्यवसायी तथा स्थानीय समुदायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए। उनले प्रदेशको प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटनको विकासका लागि पूर्वाधार निर्माण र प्रचारप्रसारमा थप सुधारको आवश्यकता औंल्याएका छन्।

संघले होटल व्यवसायलाई पर्यटन उद्योगको मुख्य आधारका रूपमा विकास गर्दै पर्यटक आगमन बढाउने र स्थानीय अर्थतन्त्रमा पर्यटनको योगदान विस्तार गर्ने दिशामा काम गर्ने भट्टले बताए। नयाँ कार्यसमितिले व्यवसायीका समस्या समाधान, क्षमता अभिवृद्धि र सरकारी निकायसँगको समन्वयलाई प्राथमिकतामा राख्ने जनाइएको छ।

संघको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जगदीशचन्द्र भट्ट, उपाध्यक्षमा प्रमानन्द भण्डारी र महासचिवमा थर्कबहादुर शाह निर्वाचित भएका छन्। त्यस्तै, सदस्यहरूमा पदम विक्रम सिंह, नगेन्द्र खड्का, भुवन सिंह भण्डारी, चन्द्रप्रकाश ओली, वसन्ता भण्डारी, शारदा शाह, पशुपती कुँवर, नवराज जोशी, ज्ञानेन्द्र गुप्ता, दिपेश शाह र मनसिंह साउद रहेका छन्। नवनिर्वाचित नेतृत्वले सुदूरपश्चिमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।

2