udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भोटेकोशी बाढी पीडितका लागि कांग्रेसद्वारा एक करोड सहयोग

भोटेकोशी बाढी पीडितका लागि कांग्रेसद्वारा एक करोड सहयोग
A A+ A-

काठमाडौं। नेपाली कांग्रेसले भोटेकोशी बाढीबाट प्रभावितहरूका लागि एक करोड रुपैयाँ सहयोग गरेको छ। पार्टीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो। महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको कांग्रेस नेताहरूको टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर चेक हस्तान्तरण गरेको छ।

उक्त सहयोग रकम पार्टीका नेता तथा कार्यकर्ताहरूबाट संकलन गरिएको हो। रकम हस्तान्तरण कार्यक्रममा महामन्त्री पौडेलसहित कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता देवराव चालिसे, प्रमुख सचेतक वासना थापा र रसुवाबाट निर्वाचित सांसद मोहन आचार्य सहभागी थिए।

महामन्त्री पौडेलले विपद्को यस घडीमा पीडित परिवारलाई तत्काल राहत, स्वास्थ्य उपचार र सुरक्षित बासस्थानको व्यवस्थापनमा सघाउ पुर्‍याउने उद्देश्यले सरकारलाई रकम उपलब्ध गराइएको जानकारी दिए। उनले संकटको समयमा नेपाली कांग्रेस सम्पूर्ण बाढीपीडित नागरिकको साथमा रहेको बताए।

यसैबीच, बाढी र पहिरोका कारण सुरुङमार्ग लगायतका स्थानमा फसेका नागरिकको उद्धारमा ढिलाइ भएको भन्दै कांग्रेसले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। महामन्त्री पौडेलले उद्धार कार्यमा देखिएको ढिलासुस्तीलाई तत्काल सच्याएर तीव्रता दिन आग्रह गरे। उनले त्रिशूली र भोटेकोशी आसपासका प्रभावित बासिन्दाको उद्धार तथा भत्किएका पूर्वाधारको पुनर्निर्माणलाई युद्धस्तरमा अघि बढाउन माग गरे।

साथै, राहत वितरणलाई पारदर्शी बनाउन र विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उनले सरकारलाई सुझाव दिएका छन्। बेपत्ताहरूको खोजी र विस्थापितहरूको दीर्घकालीन पुनर्स्थापनाका लागि सरकारलाई आवश्यक पर्ने हरेक सहयोग गर्न पार्टी तयार रहेको उनले प्रतिबद्धता जनाएका छन्।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action