udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

व्यावसायिक तरकारी खेतीले फेरिँदै बन्दीपुरको स्वरूप

व्यावसायिक तरकारी खेतीले फेरिँदै बन्दीपुरको स्वरूप
A A+ A-

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिका-५ बन्दीपुरमा व्यावसायिक तरकारी खेती विस्तार भएसँगै स्थानीयको जीवनस्तरमा सुधार आएको छ। बागमती प्रदेश सरकारको ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रमअन्तर्गत सुरु गरिएको यो अभियानले परम्परागत खेतीमा निर्भर किसानलाई व्यावसायिक बनाएको हो।

कृषि विकास कार्यालय सिन्धुली, सुनकोसी गाउँपालिका र स्थानीय किसानको सहकार्यमा यहाँ दुई सयभन्दा बढी टनेल निर्माण गरिएका छन्। किसानले गोलभेडा, काक्रा र काउलीलगायतका मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएका छन्। लेकबेसी कृषक समूहका अध्यक्ष दुर्गाबहादुर सुनुवारका अनुसार टनेल खेतीले उत्पादन बढाउनुका साथै बजारको समस्या पनि हल गरेको छ। उनी भन्छन्, ‘पहिले खेतमा लगाएको उत्पादनको बजार कहाँ हुन्छ भन्ने चिन्ता हुन्थ्यो। अहिले तरकारी तयार भएपछि व्यापारीहरू आफैं खेतमै आउँछन्।’

स्थानीय किसानका अनुसार गोलभेडा प्रतिकिलो ४० देखि ५० रुपैयाँसम्म बिक्री हुने गरेको छ। किसानहरूले सिँचाइ र मलको अभाव अझै रहेको गुनासो गरे पनि तरकारी खेतीले घरखर्च र बालबालिकाको शिक्षामा सहयोग पुगेको बताएका छन्। कृषि विकास कार्यालयका प्रमुख अनुप अधिकारीका अनुसार कार्यालयको ६० प्रतिशत, गाउँपालिकाको २० प्रतिशत र किसानको २० प्रतिशत लगानीमा यो कार्यक्रम सञ्चालित छ। तेस्रो वर्षसम्म आइपुग्दा ५२ जनाबाट सुरु भएको यो खेतीमा हाल दुई सयभन्दा बढी किसान आबद्ध छन्।

सुनकोसी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहालले बन्दीपुरलाई व्यावसायिक तरकारी उत्पादनको हब बनाउने योजना रहेको बताइन्। समूहले एक आर्थिक वर्षमा एक करोड रुपैयाँ बराबरको तरकारी उत्पादन गर्ने लक्ष्य राखेको छ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action