Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

कुमारी बैंक पीएफएलसीको सदस्यमा आबद्ध

कुमारी बैंक पीएफएलसीको सदस्यमा आबद्ध
A A+ A-

काठमाडौँ। कुमारी बैंक लिमिटेड वित्तीय गतिविधिबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन तथा व्यवस्थापनसम्बन्धी विश्वव्यापी पहल (पीएफएलसी) मा आबद्ध भएको छ। यससँगै बैंकले आफ्नो ऋण तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन र सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ।

बैंकका अनुसार पीएफएलसीको सदस्य बनेपछि बैंकले विश्वव्यापी रूपमा मान्यताप्राप्त मापदण्ड र विधिहरूको प्रयोग गर्नेछ। यसले बैंकको जलवायुसम्बन्धी तथ्यांक, जोखिम व्यवस्थापन र दिगो वित्त अभ्यासलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ। कुमारी बैंकका सस्टेनेबल बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले पीएफएलसीमा आबद्ध हुनु बैंकको दिगोपन यात्राको महत्त्वपूर्ण कोशेढुंगा भएको बताए। उनले भने, ‘हाम्रो वित्तीय गतिविधिसँग सम्बन्धित उत्सर्जनलाई बुझ्नाले जलवायु रणनीति सुदृढ गर्न, पारदर्शिता बढाउन र उत्थानशील तथा दिगो अर्थतन्त्रतर्फ अघि बढाउन सहयोग गर्ने क्रममा तथ्य र जानकारीमा आधारित परिपक्व निर्णय लिन टेवा पुग्नेछ।’

बैंकले आफ्नो लगानी गतिविधिको जलवायु प्रभाव बुझ्ने क्षमता अभिवृद्धि गर्दै भविष्यका वित्तीय निर्णय र दिगोपनसम्बन्धी पहलमा यसलाई उपयोग गर्ने लक्ष्य राखेको छ। साथै, नेपालको दीर्घकालीन जलवायु तथा विकास प्राथमिकतामा योगदान पुर्‍याउन सरोकारवालासँग सहकार्यलाई निरन्तरता दिने बैंकले जनाएको छ।

सन् २०१९ मा स्थापना भएको पीएफएलसी वित्तीय संस्थाको एक विश्वव्यापी सञ्जाल हो। हाल विश्वभरका ७०० भन्दा बढी वित्तीय संस्था यस पहलमा आबद्ध छन्। कुमारी बैंकले देशभर २७९ शाखा, २९६ एटीएम, ४१ एक्सटेन्सन काउन्टर र ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ।

2