काठमाडौं। नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ। बैंकका पदाधिकारी तथा कर्मचारीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सो सहयोग उपलब्ध गराएका हुन्।
राष्ट्र बैंकका अनुसार गभर्नर, डेपुटी गभर्नर र करार सेवामा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तर्फबाट कुल १ करोड ३८ लाख ९९ हजार ४२५ रुपैयाँ कोषमा जम्मा गरिएको छ। विनाशकारी बाढीबाट पीडितहरूको राहत र उद्धारका लागि उक्त रकम प्रदान गरिएको बैंकले जनाएको छ।
