Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

पोखरा-दुबई उडानलाई दिगो बनाउन पर्यटन व्यवसायीको प्रतिबद्धता

पोखरा-दुबई उडानलाई दिगो बनाउन पर्यटन व्यवसायीको प्रतिबद्धता
A A+ A-

पोखरा। आगामी असोज ७ गतेदेखि सुरु हुन लागेको पोखरा: दुबई सिधा हवाई उडानलाई दिगो बनाउन पोखरेली पर्यटन व्यवसायीले प्रतिबद्धता जनाएका छन्। नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीद्वारा आयोजित अन्तरक्रियामा व्यवसायीहरूले उडानको बजारीकरण र प्रवद्र्धनमा सहकार्य गर्ने जनाएका हुन्।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले फ्लाई दुबईको उडानले गण्डकी प्रदेश र समग्र मुलुकको आर्थिक गतिविधिमा टेवा पुग्ने बताए। उनले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हुने यस उडानको सफलतामा स्थानीय पर्यटन क्षेत्रको भविष्य जोडिएको उल्लेख गरे। नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पोखरालाई विश्वास गरेर फ्लाई दुबईले उडान सुरु गरेकाले यसलाई सफल बनाउनु सबै पक्षको दायित्व भएको बताए।

फ्लाई दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले काठमाडौँको तुलनामा पोखराबाट हुने उडानको टिकट मूल्य पाँच हजार रुपैयाँसम्म सस्तो रहेको जानकारी दिए। उनले फ्लाई दुबईले विश्वका १२० भन्दा बढी गन्तव्यमा सिधा उडान गरिरहेको बताउँदै टिकट बुकिङमा सहयोग गर्न व्यवसायीलाई आग्रह गरे। फ्लाई दुबईका दक्षिण पूर्वी एसियाका क्षेत्रीय प्रबन्धक विनोद अब्राहमले पोखरा-दुबई उडान सफल भएमा अन्य अन्तर्राष्ट्रिय एयरलाइन्स पनि पोखरामा आकर्षित हुने बताए।

नाट्टा गण्डकीकी अध्यक्ष सङ्गीता पौडेलले यस उडानबाट पर्यटन व्यवसायीसहित मुलुकका अन्य क्षेत्रले पनि लाभ लिने बताइन्। हालै पोखरा महानगरपालिका र फ्लाई दुबईबीच पनि पर्यटन प्रवर्द्धन र हवाई सम्पर्क विस्तारका लागि समझदारी भएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठमा फ्लाई दुबईलाई दैनिक उडानको अनुमति दिएको थियो। फ्लाई दुबईले सुरुमा एक महिनाका लागि दैनिक एक उडान गर्ने घोषणा गरे पनि हाल सन् २०२७ को मार्च २६ सम्मका लागि बुकिङ खुला गरेको छ। यो उडानमार्फत गण्डकी प्रदेशका नागरिकले दुबई हुँदै विश्वका २५० भन्दा बढी गन्तव्यमा सहज पहुँच पाउनेछन्।

2