Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

ग्यास अभावको मारमा उपत्यकावासी: चुलोमा आगो बाल्न नागरिकको सास्ती

ग्यास अभावको मारमा उपत्यकावासी: चुलोमा आगो बाल्न नागरिकको सास्ती
A A+ A-

काठमाडौं । काठमाडौं उपत्यकाका सडकमा अहिले रित्ता ग्यास सिलिन्डरहरूको लाम देखिन थालेको छ। भदौ १० गतेको बाढी र पहिरोले पृथ्वी राजमार्ग लगायतका सडक अवरुद्ध भएपछि काठमाडौंमा ग्यासको आपूर्ति प्रभावित भएको छ। तर, उपभोक्ताहरू यसलाई प्राकृतिक विपत्तिसँगै बजारमा भइरहेको कृत्रिम अभाव र कालोबजारीको नतिजा मान्छन्।

लामो समयदेखि ग्यास नपाएपछि उपभोक्ताहरू डिपो अगाडि घण्टौँ लाइन बस्न बाध्य छन्। कतिपयले सिलिन्डर सुरक्षित राख्न बिजुलीका पोल र रेलिङमा साङ्लोले बाँधेर राखेका छन्। जनक कोइराला जस्ता उपभोक्ताहरूले डेढ महिनादेखि ग्यास पाउन नसकेको गुनासो गरेका छन्। उनले भने, ‘पहिले सजिलै पाइन्थ्यो, अहिले भ्रष्टाचार गर्नेहरूले ग्यास लुकाइरहेका छन्।’

अर्का उपभोक्ता केशव तिमल्सिनाले ग्यास वितरण प्रणालीलाई व्यवस्थित बनाउन राष्ट्रिय परिचयपत्रसँग जोड्नुपर्ने सुझाव दिएका छन्। उनले भने, ‘सरकारले राष्ट्रिय परिचयपत्र मार्फत इन्ट्री गरेर ग्यास दिने हो भने भीड कम हुन्थ्यो र वास्तविक खाँचो भएकाले पाउँथे।’ अहिले पहुँचवालाहरूले सहजै ग्यास पाए पनि सर्वसाधारण भने टोकन बोकेर हप्तौँ कुर्नुपर्ने अवस्थामा छन्।

कीर्तिपुरका विद्यार्थी कमल जोशीको आक्रोश झनै चर्को छ। उनले भने, ‘मरेकालाई खोजिरहेका छन्, जिउँदोलाई मारिरहेका छन्। आधारभूत कुरा नै नपाएपछि के को सुशासन?’ विद्यार्थी र डेरावालहरूलाई खाना पकाउने ग्यास नपाउँदा ठूलो सास्ती भएको छ। बजारमा होटल र रेस्टुरेन्टहरूमा भने नियमित ग्यास आपूर्ति भइरहेको देखिन्छ, जसले गर्दा बजारमा विभेदपूर्ण वितरण प्रणाली रहेको उपभोक्ताहरूको आरोप छ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिनुपर्ने र कृत्रिम अभाव सिर्जना गर्नेहरूलाई कारबाही गर्नुपर्ने माग उठेको छ। उपभोक्ताहरूले सरकारसँग दैनिक कति ग्यास भित्रियो र कहाँ वितरण भयो भन्ने जानकारी सार्वजनिक गर्न समेत आग्रह गरेका छन्। नागरिकहरूलाई आधारभूत आवश्यकता पूरा गर्न राज्यले तत्काल पहल नगरे स्थिति थप जटिल बन्ने चेतावनी दिइएको छ।

2