Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

नागढुंगा सुरुङमार्गको एन-ट्याग अब सानिमा बैंकबाट पाइने

नागढुंगा सुरुङमार्गको एन-ट्याग अब सानिमा बैंकबाट पाइने
A A+ A-

काठमाडौं: नागढुंगा-सिस्नेखोला सुरुङमार्गमा यात्रा गर्न आवश्यक पर्ने एन-ट्याग अब सानिमा बैंकका शाखाहरूबाट सहजै प्राप्त गर्न सकिने भएको छ। बैंकले एक विज्ञप्ति जारी गर्दै देशभरका आफ्ना शाखामार्फत यो सुविधा उपलब्ध गराएको जनाएको छ।

सडक बोर्ड नेपालद्वारा सञ्चालित सो सुरुङमार्गमा विद्युतीय प्रणालीमार्फत शुल्क संकलन गरिन्छ। सवारीसाधनको अगाडिको सिसामा टाँसिने आरएफआईडी प्रविधिमा आधारित एन-ट्यागलाई प्रवेश र निकास गेटमा जडान गरिएको मेसिनले स्वतः पहिचान गर्छ। यस प्रणालीले गर्दा सवारीसाधनको गेट स्वतः खुल्ने र यात्रुहरूले लाइनमा बस्नु नपर्ने बैंकले जनाएको छ।

सवारीधनीहरूले बैंकको जुनसुकै शाखामा गएर यो ट्याग लिन सक्नेछन्। ट्यागमा रकम सकिएपछि ई-सेवा, फोनपे हब तथा सानिमा बैंकको मोबाइल बैंकिङ सेवाबाट सजिलै रिचार्ज गर्न सकिने व्यवस्था मिलाइएको छ। यो सेवा देशभरका शाखामार्फत उपलब्ध भएकाले उपत्यकाबाहिरका सवारीधनीले पनि आफ्नो नजिकको शाखाबाट ट्याग लिन सक्नेछन्।

सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले नागढुंगा सुरुङमार्ग जस्तो राष्ट्रिय पूर्वाधारमा डिजिटल भुक्तानीको सहजीकरण गर्न पाउनु बैंकका लागि गौरवको विषय भएको बताएका छन्।

2