Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

भारतमा चिनीको मूल्य घट्दा नेपालमा भने उस्तै

भारतमा चिनीको मूल्य घट्दा नेपालमा भने उस्तै
A A+ A-

काठमाडाैं । भारतमा चिनीको मूल्य घटे पनि नेपालमा भने उपभोक्ताले उच्च मूल्य तिर्न बाध्य हुनुपरेको छ। भारतको जोगबनी बजारमा चिनीको मूल्य प्रति किलो ९० रुपैयाँमा झरेको भए पनि विराटनगरमा भने चिनीको मूल्य प्रति किलो १ सय २० रुपैयाँ नै कायम छ।

भारत सरकारले ५ लाख मेट्रिक टन चिनी आयातमा भन्सार र कर छुट दिएपछि त्यहाँ मूल्यमा गिरावट आएको हो। नेपालमा भने सरकारले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई मात्र २५ हजार मेट्रिक टन चिनी आयात गर्न अनुमति दिएको छ। आयातकर्ताहरूका अनुसार सरकारले तोकेको १ प्रतिशत भन्सार र १३ प्रतिशत भ्याटका कारण चिनीको लागत बढेको छ। यसका साथै नेपाली चिनी मिलहरूले कम मूल्यको बिल जारी गरी बढी मूल्यमा चिनी बिक्री गरिरहेको आरोप पनि आयातकर्ताहरूले लगाएका छन्।

भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ। यसका कारण सीमावर्ती क्षेत्रबाट चिनी ल्याउन भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले कडाइ गर्ने गरेको छ। नेपालतर्फ सशस्त्र प्रहरी बल (एपिएफ) ले चिनी ल्याउन कडाइ गरेको व्यापारीहरूको गुनासो छ, यद्यपि सुरक्षा निकायले भने अन्य वस्तु सरह नै निगरानी गरिरहेको जनाएको छ। आयातकर्ता जीवन रिजालका अनुसार दसैँ अगाडि नै पर्याप्त मात्रामा चिनी आयात गर्न नसके मूल्य घट्ने सम्भावना कम छ।

हाल साल्ट ट्रेडिङ कर्पोरेशनले भारतको एनसिईएल मार्फत २५ हजार मेट्रिक टन चिनी आयात गर्ने प्रक्रिया अघि बढाएको छ। यो भारतले नेपाललाई उपलब्ध गराएको १ लाख ५० हजार मेट्रिक टन कोटा अन्तर्गतको चिनी हो। व्यापारीहरूका अनुसार वीरगन्जसम्म प्रति किलो ५७ रुपैयाँमा आयात हुने यो चिनी बजारमा आएपछि मूल्य केही घट्ने अपेक्षा गरिएको छ।

2