Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

पेट्रोलको मूल्य वृद्धिका कारण अमेरिकामा यात्रा गर्ने परिवार घटे

पेट्रोलको मूल्य वृद्धिका कारण अमेरिकामा यात्रा गर्ने परिवार घटे
A A+ A-

काठमाडौँ। इरानसँगको युद्ध र हर्मुज जलमार्गमा देखिएको अवरोधका कारण अमेरिकामा पेट्रोलको मूल्य उच्च बिन्दुमा पुगेको छ। यसले अमेरिकी परिवारको यात्रा योजनालाई प्रभावित पार्नुका साथै दैनिक बजेटमा समेत दबाब सिर्जना गरेको छ। पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा नियमित पेट्रोलको औसत मूल्य प्रति ग्यालोन ४.१४ अमेरिकी डलर पुगेको छ, जुन गत वर्षको तुलनामा झन्डै एक डलर बढी हो। सन् २०१२ को ३.८२ डलरको कीर्तिमानलाई यस वर्षको मूल्यले उछिनेको छ। यद्यपि, यो सन् २०२२ को जुनमा पुगेको ५.०२ डलरको ऐतिहासिक उच्च मूल्यभन्दा भने कम हो।

इन्धनको उच्च मूल्यका कारण धेरै अमेरिकी परिवारले आफ्नो यात्रा कटौती गर्न थालेका छन्। पेन्सिलभेनियाकी निकोल कोलिन्सले इन्धन महँगो भएकाले परिवारको बजेट व्यवस्थापन गर्न कठिन भएको बताइन्। उनले भनिन्, सानो बच्चा भएकाले बच्चाको आवश्यकतामा पनि खर्च गर्नुपर्ने भएकाले बढेको इन्धन खर्चले परिवारको बजेटमा थप दबाब सिर्जना गरेको छ।

पेट्रोलको मूल्य वृद्धि हुनुमा फेब्रुअरीमा इरानमाथि भएको आक्रमण र त्यसपछि हर्मुज जलमार्गमा कच्चा तेलको ढुवानीमा आएको अवरोध मुख्य कारण मानिएको छ। ऊर्जा वित्त विज्ञ टम सेङका अनुसार विश्वको महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने हर्मुज जलमार्गमा हुने कुनै पनि अवरोधले अन्तर्राष्ट्रिय तेल बजारमा तत्काल प्रभाव पार्छ।

अमेरिकी ऊर्जा सचिव क्रिस राइटले पेट्रोलको मूल्य घटाउन सरकारले प्रयास गरिरहेको बताए पनि राहत कहिलेसम्म मिल्छ भन्ने स्पष्ट समयसीमा दिएका छैनन्। इन्धनको मूल्य वृद्धिले केवल व्यक्तिगत सवारी साधनलाई मात्र नभई मालवाहक सवारीको ढुवानी लागतसमेत बढाएको छ। यसले खाद्यान्न र औद्योगिक वस्तुको मूल्यमा वृद्धि भई उपभोक्तामाथि थप महँगीको भार पर्ने सम्भावना देखिएको छ। यदि इरान युद्ध र जलमार्गको अवरोध तत्काल समाधान नभए अमेरिकी उपभोक्ताले लामो समयसम्म उच्च मूल्यको सामना गर्नुपर्ने देखिन्छ।

2