काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा डेबिट र क्रेडिट कार्डबाहकले मारुती सुजुकीका गाडी खरिद गर्दा विशेष छुट पाउने भएका छन् ।
यसका लागि प्रभु बैंक र मारुती सुजुकीको आधिकारिक विक्रेता न्यान्सी अटोमोबाइल्सबीच सेवा सुविधामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, परिवारजन तथा डेबिट र क्रेडिट कार्डबाहकले न्यान्सी अटोमोबाइल्सबाट मारुती सुजुकीका विभिन्न मोडलका गाडी खरिद गर्दा मोडलअनुसार १ लाख ७५ हजार रुपैयाँसम्म नगद छुट पाउनेछन् ।
सम्झौतापत्रमा न्यान्सी अटोमोबाइल्सका प्रबन्ध निर्देशक मधुकर शाह र प्रभु बैंकका सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेखबहादुर पुनले हस्ताक्षर गरेका छन् ।
सम्झौता ७ सेप्टेम्बर २०२६ देखि लागू भई ६ सेप्टेम्बर २०२७ सम्म कायम रहने बैंकले जनाएको छ ।
