Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

रसुवा र नुवाकोटका सात जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी

रसुवा र नुवाकोटका सात जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी
A A+ A-

काठमाडौँ। रसुवा र नुवाकोटमा अवस्थित सातवटा जलविद्युत् आयोजनाका सुरुङमा नेपाली सेना, सशस्त्र प्रहरी र विदेशी विशेषज्ञसहितको टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ। भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित सुरुङहरूमा भग्नावशेष हटाउने र फसेकाहरूको खोजी गर्ने काम भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सैनिक प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतका अनुसार हालसम्म विभिन्न आयोजनाका सुरुङबाट तीन जनालाई जीवितै उद्धार गरिएको छ भने केही शवहरू फेला परेका छन्। उद्धारकर्मीहरूले त्रिशूली-३ ‘ए’ बाट सञ्जय साह र कविर महर्जनलाई तथा माथिल्लो त्रिशूली-१ बाट एक चिनियाँ नागरिक लुआइतोलाई जीवितै उद्धार गरेका थिए।

चिलिमे जलविद्युत् आयोजनामा भारतीय विशेषज्ञसहितको टोलीले सुरुङभित्र ११५ मिटरको दूरीसम्म पुगेर काम गरिरहेको छ। सडक अवरुद्ध गर्ने ठूला ढुङ्गाहरू विस्फोट गरी हटाइएपछि भारी उपकरणहरू प्रयोग गरेर खोजी कार्यलाई तीव्रता दिइएको छ। त्यसैगरी, माथिल्लो त्रिशूली-१ मा उद्धार टोली सुरुङको ४०० मिटर भित्रसम्म पुगेको छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले रसुवा र नुवाकोटका आयोजनाहरूमा ८९८ जना सम्पर्कविहीन भएको दाबी गरेको छ। यद्यपि, सैनिक प्रवक्ता बस्नेतले सिफ्ट विवरण र प्राविधिकहरूको उपस्थितिका आधारमा सुरुङभित्र १२१ जना फसेको हुनसक्ने अनुमान गरिएको स्पष्ट पारे।

हाल रसुवागढी, रसुवा भोटेकोशी, लाङटाङ खोला, चिलिमे, माथिल्लो त्रिशूली-१, त्रिशूली-३ ‘ए’ र त्रिशूली-३ ‘बी’ आयोजनाका सुरुङहरूमा सुरक्षाकर्मी र प्राविधिक टोलीहरूले खोजी जारी राखेका छन्। त्रिशूली-३ ‘बी’ मा तीनवटा एक्स्काभेटर प्रयोग गरी २३ फिटसम्म खनिसकिएको छ तर हालसम्म कोही फेला परेका छैनन्। उद्धार टोलीहरूले आयोजनाका कार्यालय र आवास क्षेत्रहरूमा पनि खोजी गरिरहेका छन्।

2