Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

अमेरिका र क्यानडाबीच बढ्यो व्यापारिक तनाव, नयाँ प्रतिबन्धको घोषणा

अमेरिका र क्यानडाबीच बढ्यो व्यापारिक तनाव, नयाँ प्रतिबन्धको घोषणा
A A+ A-

टोरोन्टो। अमेरिका र क्यानडाबीच बढ्दो व्यापारिक तनावका बीच अमेरिकाले क्यानडाबाट आयात हुने केही दुग्धजन्य पदार्थ, अधिकांश मदिराजन्य पेय पदार्थ र मोटरसाइकलमा रोक लगाउने निर्णय गरेको छ। अमेरिकी राष्ट्रपतिको कार्यालयका अनुसार यो नयाँ प्रतिबन्ध सेप्टेम्बर २९ देखि लागू हुनेछ।

यसअघि क्यानडाले अमेरिकाबाट आयात हुने करिब २० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा मंगलबारदेखि जवाफी कर लागू गरेको थियो। दुई देशबीच गत महिना भएको व्यापार वार्ता निष्कर्षविहीन भएपछि तनाव थप चर्किएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाली वस्तुलाई ठूला र दीर्घकालीन सरकारी खरिद सम्झौताबाट समेत हटाउने निर्णय गर्नुभएको छ। क्यानडाले अमेरिकी वस्तुका लागि पूर्ण र न्यायोचित पारस्परिकता सुनिश्चित नगरेसम्म त्यस्ता सम्झौतामा क्यानडाली उत्पादनलाई अयोग्य ठहर गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले आफ्नो देशको रणनीति आत्मनिर्भरतामा केन्द्रित रहेको बताउनुभएको छ। उहाँले भन्नुभयो, “कुनै पनि देशले हामीलाई आफ्नो नियन्त्रणमा राख्न नसक्ने अवस्था सुनिश्चित गर्नु र हामीले आफ्नो इच्छाअनुसार जीवनयापन गर्न सक्ने वातावरण बनाउनु हाम्रो उद्देश्य हो।”

अमेरिकाले अगस्ट २२ मा क्यानडाबाट आयात हुने करिब पाँच प्रतिशत वस्तुमा ५० प्रतिशतसम्म अतिरिक्त कर लगाएको थियो। अमेरिकाले क्यानडाले आफ्ना दुग्ध, मदिरा तथा सवारी साधन उद्योगलाई अनुचित व्यवहार गरेको आरोप लगाउँदै आएको छ। विशेष गरी क्यानडाको संरक्षित दुग्ध बजार र काठ उत्पादकलाई दिइने सरकारी सहयोग लामो समयदेखि विवादको विषय रहँदै आएको छ। राष्ट्रपति ट्रम्पको कार्यकालमा अमेरिका-क्यानडा सम्बन्धमा तीव्र गिरावट आएको छ। ट्रम्पले क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउने विषयमा समेत विवादास्पद अभिव्यक्ति दिँदै आउनुभएको छ। दुई देशबीचको बढ्दो व्यापारिक टकरावले दशकौँदेखिको घनिष्ठ सम्बन्धमा गम्भीर असर पार्ने चिन्ता बढेको छ।

2