Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

बाढीपीडितको उद्धारपछि राहतमा जुट्यो उम होङ-गिल फाउन्डेसन

बाढीपीडितको उद्धारपछि राहतमा जुट्यो उम होङ-गिल फाउन्डेसन
A A+ A-

काठमाडौं। दक्षिण कोरियाली पर्वतारोही उम होङ-गिलको नेतृत्वमा रहेको उम होङ-गिल ह्युमन फाउन्डेसनले गत भदौ १० को विनाशकारी बाढीबाट प्रभावितलाई लक्षित गरी राहत अभियान तीव्र पारेको छ।

फाउन्डेसनले बाढी प्रभावित स्वास्थ्य चौकीमा आकस्मिक औषधि र बिरामीका लागि टेन्ट उपलब्ध गराउनेदेखि बाढीले परिवार गुमाएका विद्यार्थीलाई छात्रवृत्ति दिने र ध्वस्त विद्यालयमा अस्थायी आश्रय तथा कक्षाकोठा निर्माण गर्ने योजना अघि सारेको हो।

फाउन्डेसनले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार प्रारम्भिक चरणमा खोज तथा उद्धारमा केन्द्रित रहेको राहत अभियान अब विस्थापित परिवार, स्वास्थ्य संस्था, विद्यालय र बाढीबाट प्रभावित समुदायलाई दीर्घकालीन सहयोग गर्ने चरणमा प्रवेश गरेको छ।

बाढीमा ठूलो मानवीय क्षति भएको छ भने कैयौं मानिस अझै बेपत्ता छन्। बेपत्तामध्ये नौ जना दक्षिण कोरियाली नागरिकसमेत रहेको फाउन्डेसनले जनाएको छ।

फाउन्डेसनको नेपाल शाखाले सम्बन्धित सरकारी निकाय र स्थानीय तहसँग समन्वय गरी बाढीबाट भएको क्षतिको स्थलगत मूल्यांकन गरिरहेको छ। सोही मूल्यांकनका आधारमा तत्काल आवश्यक पर्ने स्वास्थ्य सामग्री, टेन्ट, शैक्षिक सामग्री र दैनिक उपभोग्य वस्तु प्रभावित क्षेत्रमा पुर्‍याउने तयारी गरिएको छ।

फाउन्डेसनले आगामी सेप्टेम्बर १२ मा उत्तरी गयामा रहेको स्वास्थ्य चौकीमा आकस्मिक औषधि र बिरामी उपचारका लागि टेन्ट उपलब्ध गराउने भएको छ। उक्त सहयोग काठमाडौं मोडल अस्पतालसँगको सहकार्यमा गरिनेछ। फाउन्डेसनका अनुसार राहत कोष र अस्पतालको चिकित्सकीय विशेषज्ञतालाई जोडेर बाढी प्रभावित क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पुनः सञ्चालन गर्न सहयोग गरिनेछ।

फाउन्डेसनको मुख्यालयले सेप्टेम्बर ३ मा नेपालका लागि पहिलो चरणको राहत रकम पठाइसकेको जनाएको छ। आगामी साताहरूमा दोस्रो र तेस्रो चरणको रकमसमेत पठाउने तयारी छ।

बाढीबाट प्रभावित कम्तीमा थप तीन स्थानमा टेन्ट, विद्यालयका लागि आवश्यक सामग्री र दैनिक जीवनमा प्रयोग हुने अत्यावश्यक सामग्री वितरण गर्ने तयारी पनि भइरहेको फाउन्डेसनले जनाएको छ।

बाढीले पूर्ण रूपमा क्षति पुर्‍याएको एक विद्यालय परिसरमा कक्षाकोठासँगै आपत्कालीन आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने संरचना निर्माण गर्ने योजनामाथि पनि फाउन्डेसनले अध्ययन गरिरहेको छ।

नेपालसँग लामो समयदेखि जोडिएका उम होङ-गिलले बाढीका कारण घर र आफन्त गुमाएका नेपाली परिवारलाई तत्काल सहयोग आवश्यक रहेको बताएका छन्।

“नेपाल मेरो दोस्रो घरजस्तै हो। यही ठाउँले मलाई असंख्य चुनौती सामना गर्न र आफ्ना सपना पूरा गर्न अवसर दिएको छ,” उनले भनेका छन्, “अचानक घर र आफन्त गुमाएका नेपाली परिवारलाई सकेसम्म छिटो सामान्य जीवनमा फर्काउन हामी सबैले न्यानो मनले सहयोग गर्नुपर्छ।”

उमले यसअघि २०१५ को विनाशकारी भूकम्पपछि पनि नेपालका लागि फाउन्डेसनमार्फत १ लाख अमेरिकी डलर बराबरको आपत्कालीन राहत परिचालन गरेका थिए। उनी स्वयं कोरियन रेडक्रसको आपत्कालीन राहत टोलीको नेतृत्व गर्दै भूकम्प प्रभावित क्षेत्रमा पुगेका थिए र खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री वितरण गरेका थिए।

यसपटकको राहत अभियानलाई पनि तत्कालीन उद्धारभन्दा अघि बढाएर पुनःस्थापनासम्म लैजाने उमले बताएका छन्। “हिउँआँधी र कठिन मौसमबीच विश्वका अग्ला हिमालका शिखर चढ्दा मलाई जसरी अडिग संकल्पले अघि बढायो, त्यसैगरी नेपाली जनता पनि यो संकटबाट पार पाउनेछन् भन्नेमा म विश्वस्त छु,” उनले भनेका छन्, “पुनःस्थापनाको हरेक चरणमा फाउन्डेसन नेपालसँगै रहनेछ।”

उम होङ-गिल विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणका लागि परिचित दक्षिण कोरियाली पर्वतारोही हुन्। उनले स्थापना गरेको उम होङ-गिल ह्युमन फाउन्डेसनले नेपालसहित विभिन्न देशमा शिक्षा, स्वास्थ्य तथा आपत्कालीन राहतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

नेपालमा अगस्ट २६ मा आएको बाढीले ठूलो जनधनको क्षति गर्नुका साथै घर, विद्यालय, स्वास्थ्य संस्था र पूर्वाधारमा व्यापक क्षति पुर्‍याएको थियो। बाढीपछि तत्काल उद्धार र खोजीमा केन्द्रित प्रयासहरू अब प्रभावित परिवारको पुनःस्थापना र आधारभूत सेवा पुनःस्थापनातर्फ केन्द्रित हुन थालेका छन्।

2