Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति

भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति
A A+ A-

काठमाडौँ। भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् ।

तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा रु. ९३ करोड ७३ लाख बराबरको हानि भएको छ राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र मूल्यांकन (आरडिएनए) प्रतिवेदनमा विद्यालयका भवन, शैक्षिक सम्पत्ति गरी उक्त परिमाणमा क्षति भएको हो ।

प्रतिवेदनअनुसार १८ वटा विद्यालयका ५६ वटा भवन प्रभावित भएका छन् । जसमध्ये १५२ वटा कोठामा आंशिक र १५६ वटामा पूर्ण रूपमा क्षति पुगेको छ ।

स्थानीय तहअनुसार रसुवाको गोसाईंकुण्ड गाउँपालिकामा एउटा विद्यालय प्रभावित भएको छ । उक्त विद्यालयका दुई वटा भवनका ११ वटा कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । मूल्यका हिसाबले यो रु. ३.७५ करोड बराबरको क्षति हो ।

रसुवाकै उत्तरगया गाउँपालिकामा रहेका तीन वटा विद्यालयका ६ वटा भवनमा ३६ वटा कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । यो करिब रु. १२.२९ करोड बराबरको क्षति हो ।

नुवाकोटको विदुर नगरपालिकामा रहेका नौ वटा विद्यालय प्रभावित भएका छन् । विद्यालयमा ३२ वटा भवनमा क्षति पुगेकामा ६१ वटा कोठा आंशिक र ८९ वटा कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । जुन रु. ३६.६२ करोड बराबर हो ।

धादिङको गल्छी गाउँपालिकाका तीन वटा विद्यालय प्रभावित भएका छन् । जसमध्ये १० वटा भवनका ७७ वटा कोठा आंशिक र आठ वटा कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

जुन रु. १०.६१ करोड बराबरको क्षति हो । सोही जिल्लाको बेनिघाट रोराङ गाउँपालिकामा एउटा विद्यालय प्रभावित भएको छ । उक्त विद्यालयको दुई वटा भवनका १२ वटा कोठा पूर्ण रूपमा क्षति भएका छन् । जुन रु. ४.१ करोड बराबरको क्षति हो ।

जिल्लाको सिद्धलेक गाउँपालिकामा एउटा विद्यालय चार वटा भवनका १४ वटा कोठामा आंशिक क्षति पुगेको छ । जुन रु. १.४३ करोड बराबरको क्षति हो ।

प्रतिवेदनका अनुसार शैक्षिक सम्पत्तिका रूपमा रहेका रु. २४.९३ करोडको क्षति भएको छ । प्रतिवेदनले विद्यालय क्षेत्रको पुनरुत्थानका लागि रु. चार अर्ब २३ करोड ३५ लाख खर्च लाग्ने आकलन गरेको छ ।

2