Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

कैलालीका किसानले माछापालनबाट वार्षिक १५ लाख कमाउँदै

कैलालीका किसानले माछापालनबाट वार्षिक १५ लाख कमाउँदै
A A+ A-

धनगढी। कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले विगत ११ वर्षदेखि व्यावसायिक माछापालन गर्दै आएका छन्।

स्वदेशमै केही गर्ने उद्देश्यका साथ सुरु गरिएको यो व्यवसाय अहिले उहाँको आम्दानीको प्रमुख स्रोत बनेको छ।

खरेलले १२ हजार रुपैयाँको लगानीबाट सुरु गरेको यस व्यवसायमा हालसम्म करिब ५० लाख रुपैयाँ लगानी गरिसकेका छन्। आफ्नै जग्गामा निर्माण गरिएका चारवटा ठूला पोखरीबाट वार्षिक ६५ लाख रुपैयाँ बराबरको कारोबार हुने गरेको उनले बताए। सम्पूर्ण खर्च कटाएर वार्षिक १५ लाख रुपैयाँ बचत हुने गरेको छ।

“माछापालनमा लगानीसँगै मेहनत र समय दिनुपर्दछ। राम्रोसँग व्यवस्थापन गर्न सके यसबाट परिवारको खर्च धान्ने मात्र होइन, राम्रो बचत पनि गर्न सकिन्छ,” उनले भने।

खरेलको पोखरीमा हाल ग्रास, कमनकार्प, रहु र जलकपुर जातका गरी करिब ३०० क्विन्टल माछा रहेका छन्। उनले माछा होलसेलमा प्रतिकिलो ३०० रुपैयाँ र खुद्रा ३५० रुपैयाँमा बिक्री गर्दै आएका छन्। सीमा क्षेत्रमा कडाइ गरिएपछि भारतीय माछाको आयात रोकिएकाले बजारमा राम्रो मूल्य पाइरहेको उनको भनाइ छ।

उहाँले माछापालन व्यवसायको रेखदेखका लागि आठ जना स्थानीयलाई रोजगारी दिएका छन। जसका लागि मासिक एक लाख ५२ हजार रुपैयाँ तलब खर्च हुने गरेको छ।

माछापालनका अतिरिक्त उहाँले कुखुरा र बङ्गुरपालन पनि गर्दै आउनुभएको छ। कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न सके गाउँमै रोजगारी सिर्जना हुने र किसानको आर्थिक अवस्थामा सुधार आउने उनले बताए।

2