काठमाडौं। नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको छ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५८ हजार ६० रुपैयाँ तोकिएको छ।
त्यसैगरी, चाँदीको मूल्यमा पनि कमी आएको छ। चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेर ४ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको १० ग्रामको मूल्य ३ हजार ९६१ रुपैयाँ कायम भएको छ।
