काठमाडौं। शेयर बजार परिसूचक नेप्सेमा लगातार दोस्रो दिन पनि २५ अंकभन्दा बढीको वृद्धि भएको छ। अघिल्लो दिन २७.९४ अंकले बढेर २ हजार ५५९.४९ अंकमा पुगेको नेप्से सोमबार थप २५.५५ अंकले बढेर २ हजार ५८५.०४ अंकमा उक्लिएको छc
नेप्सेका अनुसार यस दिन बजारमा ४ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ बराबरको १ करोड ६ लाख ६६ हजार कित्ता शेयर किनबेच भएको छ। बजारमा म्युचुअल फन्ड बाहेकका बाँकी १२ वटा उपसूचक धनात्मक रहेका छन्।
सोमबारको कारोबारमा कुल २२६ कम्पनीको शेयर मूल्य बढेको छ भने ४७ कम्पनीको शेयर मूल्य घटेको छ। कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी सबैभन्दा अगाडि रहेको छ। उक्त कम्पनीको २४ करोड ९० लाख ७४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
