Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

आयरल्यान्डबाट आयात हुने मदिरामा लगाइएको १० प्रतिशत कर हटाउने ट्रम्पको घोषणा

आयरल्यान्डबाट आयात हुने मदिरामा लगाइएको १० प्रतिशत कर हटाउने ट्रम्पको घोषणा
A A+ A-

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयरल्यान्डबाट संयुक्त राज्य अमेरिकामा आयात हुने मदिरामा लगाइएको १० प्रतिशत कर हटाउने घोषणा गरेका छन्। आइतबार आयरल्यान्डमा आयोजित एक गल्फ प्रतियोगिताको समापन समारोहमा पुरस्कार वितरणका क्रममा उनले यस्तो घोषणा गरेका हुन्।

राष्ट्रपति ट्रम्पले आफूलाई आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिनका साथै विभिन्न व्यक्ति तथा गल्फ खेलाडीहरूले कर हटाउन आग्रह गरेको बताए। आयरल्यान्ड खुला गल्फ प्रतियोगिताका विजेता शेन लोरीले पनि यस विषयमा आफूलाई अनुरोध गरेको उनले जानकारी दिए।

ट्रम्प प्रशासनले पछिल्लो समय विभिन्न मुलुकबाट आयात हुने वस्तुमा अतिरिक्त कर लगाउने नीति अपनाउँदै आएको छ। यस्तो नीतिले कतिपय अवस्थामा व्यापारिक सम्बन्ध र वस्तुको मूल्यमा प्रभाव पार्ने गरेको छ।

आयरल्यान्डबाट अमेरिकामा मदिरासहित विभिन्न वस्तु निर्यात हुँदै आएका छन्। १० प्रतिशत कर हटाउने निर्णयले दुई देशबीचको व्यापारमा सहजता ल्याउने र अमेरिकी बजारमा आयरिस मदिराको मूल्यमा कमी आउन सक्ने अपेक्षा गरिएको छ। यस निर्णयले आयरल्यान्डका उत्पादक तथा निर्यातकर्ताका लागि अमेरिकी बजारमा थप सहज वातावरण सिर्जना गर्ने र दुई देशबीचको व्यापारिक सम्बन्धमा सकारात्मक सन्देश जाने विश्वास लिइएको छ। यद्यपि, कर हटाउने निर्णय कार्यान्वयनको प्रक्रिया र यसको विस्तृत प्रभावबारे आधिकारिक निकायबाट थप स्पष्ट हुन बाँकी छ।

2