udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

हङकङमा आईफोन १८ प्रि-अर्डरका नाममा करोडौंको ठगी

हङकङमा आईफोन १८ प्रि-अर्डरका नाममा करोडौंको ठगी
A A+ A-

काठमाडौं। हङकङमा एप्पलको नयाँ आईफोन १८ प्रो सिरिजको प्रि-अर्डर गर्ने क्रममा ७ सयभन्दा बढी व्यक्तिको क्रेडिट कार्डबाट अनधिकृत कारोबार भएको पाइएको छ। शनिबार साँझ प्रि-अर्डर खुलेपछि विभिन्न बैंकका क्रेडिट कार्डमार्फत अवैध रूपमा फोन अर्डर गरिएको भन्दै सामाजिक सञ्जालमा व्यापक गुनासो आएका थिए।

हङकङ प्रहरीका अनुसार यस घटनासँग सम्बन्धित ७ सयभन्दा बढी उजुरी दर्ता भएका छन्। प्रहरीले करिब १४ करोड ७० लाख हङकङ डलर अर्थात् १ करोड ८७ लाख अमेरिकी डलर बराबरको रकम अनधिकृत रूपमा कारोबार भएको जनाएको छ।

घटना सार्वजनिक भएपछि एप्पलले आफ्ना सबै अर्डरको समीक्षा सुरु गरेको छ। एप्पलका प्रवक्ताले अर्डर प्रशोधन गर्नुअघि नै सबै विवरण जाँच भइरहेको र शंकास्पद वा ठगीमार्फत गरिएका कारोबारहरू पहिचान गरी रद्द गर्ने काम भइरहेको जानकारी दिएका छन्।

हङकङका विधायक जोनी ङ किट चोङले यस घटनाको जिम्मेवारी अन्ततः एप्पलले लिनुपर्ने बताएका छन्। यद्यपि, उनले वास्तविक आर्थिक क्षति धेरै ठुलो नहुने अनुमान गरेका छन्।

यसैबीच, सूचना प्रविधि विज्ञहरूले अनलाइन किनमेल गर्दा सावधानी अपनाउन सुझाव दिएका छन्। उनीहरूले शंकास्पद वेबसाइट वा लिंकमा कार्डको विवरण नराख्न, थ्रीडी सेक्युर जस्ता प्रमाणीकरण सुविधा प्रयोग गर्न र बैंकबाट कारोबारको सूचना तुरुन्त प्राप्त हुने व्यवस्था मिलाउन आग्रह गरेका छन्। कुनै पनि शंकास्पद कारोबार देखिए तत्काल सम्बन्धित बैंकलाई जानकारी गराउन विज्ञहरूको सुझाव छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action